सल्यान उद्योग वाणिज्य संघ निर्वाचन कम्युनिष्टको  एक छत्र जित

सल्यान उद्योग वाणिज्य संघ निर्वाचन कम्युनिष्टको एक छत्र जित

सल्यान । उद्योग वाणिज्य संघ सल्यानको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलबाट अध्यक्षका उम्मेदवार दिनुभएका वीरेन्द्रकुमार श्रेष्ठको प्यानलै विजयी भएको छ।

नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र चन्द समूहको संयुक्त व्यावसायिक प्यानल तर्फबाट अध्यक्षका उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिनु भएका श्रेष्ठले नेपाली कांग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक प्यानलबाट उठेका भरतकुमार बस्नेतलाई १ सय ३५ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

विज्ञापन

निर्वाचन अधिकृत बिरबहादुर सेजवालका अनुसार शनिबार भएको निर्वाचनमा १ हजार ९ सय २६ मतदाता रहेकामा १ हजार ४ सय ९५ ले मतदान गरेका थिए ।जसअनुसार निर्वाचनमा संयुक्त व्यावसायिक प्यालनका श्रेष्ठले ७ सय ७० र बस्नेतले ६ सय ३५ मत ल्याउनुभएको हो।

यस्तै  संयुक्त व्यावसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्रकुमार थापा ८५५, वाणिज्य उपाध्यक्षमा राजेन्द्रबहादुर भण्डारी ९४५, उद्योग उपाध्यक्षमा पलविर नेपाली ७३६, महासचिवमा मोहन सारु ८६०, सचिवमा रनबहादुर खडका ७८५ र कोषाध्यक्षमा नरेन्द्र बुढा मगरले ८५६ मत ल्याएर विजयी बन्नुभएको छ ।

निर्वाचन अधिकृत सेजवालक अनुसार निकटतम प्रतिद्वन्द्वी संयुक्त लोकतान्त्रिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धीरज केसीले ५१०, वाणिज्य उपाध्यक्षमा चन्द्रबहादुर बुढाले ४१३, उद्योग उपाध्यक्ष हपिस भण्डारीले ६२७, महासचिवमा मानबहादुर ओलीले ५०१ , सचिवमा इन्द्रा भण्डारीले ५७१ र कोषाध्यक्षमा कमल घर्तीले ४६५ मत ल्याउनुभएको छ।

यसैगरी निर्वाचन अधिकृत सेजवालका अनुसार सदस्यमा संयुक्त व्यावसायिक प्यानलबाट हिरा चन्द , विमला गिरी, गीता घर्ती, प्रकाश परियार, हरिबहादुर गुरुङ, मुस्तफा मियाँ, गोफलो ओली, चन्द्रबहादुर राना, वीरजंग ओली, छविलाल बिसी, बिरबहादुर डाँगी, लिलाधर शर्मा, टोपबहादुर ओली र लालबहादुर खत्री विजयी हुनुभएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता