कर्णाली प्रदेश सभा स्थापनाको अवसरमा प्रदेश प्रमुख परियारले दिनुभएको शुभकामना सन्देश

कर्णाली प्रदेश सभा स्थापनाको अवसरमा प्रदेश प्रमुख परियारले दिनुभएको शुभकामना सन्देश

माघ २१ सुर्खेत

कर्णाली प्रदेश सभा स्थापनाको अवसरमा प्रदेश प्रमुख तिलक  परियारले दिनुभएको शुभकामना सन्देश दिनुभएको छ।

विज्ञापन

प्रदेशसभा स्थापना दिवशको अवसरमा कर्णाली वासी लगायत देश–विदेशमा रहनुभएका दिदिबहिनि तथा दाजुभाईहरुमा सर्वप्रथमतः प्रदेशसभा स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो।
विगत सात दशकदेखी शान्तिपुर्ण,शसस्त्र जनयुद्ध,जातिय,क्षेत्रिय,लिंगीय,दलित,उपेक्षितक्षेत्र र कर्णाली प्रदेश स्थापनाका लागी भएको आन्दोलनमा आफनो जिवन बलिदान गर्ने ४ जना शहिदहरु सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार टीकाराम गौतम जुम्लाका ,हरिबहादुर कुवँर लगायत ज्ञात–अज्ञात शहिदहरुप्रति भावपुर्ण श्रदाञ्जली अर्पण गर्दै बेपत्ता योद्दा, घाइते,योद्दाहरु सगै जेलजिवन तथा यातना पिडितहरु प्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ।

नेपालको इतिहासमा २०७२ असोज ३ गते पहिलो पटक नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएको सबैमा अवगत नै छ । संघियता,धर्मनिरपेक्षता,समानुपातिक,समावेशीता,गणतन्त्र सहितको ऐतिहासिक उपलब्धिको जगमा उभिदै करिब ८ बर्ष अघि छुट्टै प्रदेश स्थापनाका लागी करिब २ हप्ता लामो आन्दोलनमा ४ जनाको शहादत पश्चात २०७२ साल भाद्र ४ गते कर्णाली प्रदेश स्थापना भएको थियो यो आफैमा कर्णाली प्रदेशवासीको निम्ति ऐतिहासिक उपलब्धि थियो भने २०७४ को निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिहरुको पहिलो अधिवेशनको पहिलो प्रदेश सभा बैठकलाई नै प्रदेश सभाको स्थापना दिनको रुपमा हामीले लिने गरेका छौं । यस अवसरमा हामी सबैलाइृ एकजुट भई अघि बढ्न प्रेरणा र सामाथ्र्य प्राप्त होस भन्ने कामना  ब्यक्त गर्नुभएको हो।

कर्णाली प्रदेशको स्थापना संगै कर्णालीवासीको सुशासन, सामाजिक न्याय र सम्वृद्धिको उचाइमा पुर्याउन आवश्यक छ । तीन तहका सरकार बिचको समन्वय र सहकार्यबाट जनताको भावना चाहना र आवश्यक्ता पुर्ति गर्ने तथा बेरोजगार र गरिबीबाट कर्णालीलाई मुक्त गरी सामाजिक न्यायमा आधारित समतामुलक समाजको जग बसाल्दै समाजवाद उन्मुख अर्थतन्त्रनिर्माण गर्न प्रदेश सरकार निरन्तर लागी रहने छ भन्ने विश्वाश लिएको बताउनु भएको छ।

अन्तमाः प्रदेशसभा स्थापना दिवशको अवसरमा कर्णालीको विकास तथा जनताको सुशासन, सामाजिक न्याय सहितको समृद्धिको लागी प्रदेश सभाका माननिय सदस्यहरु राजनितिक आग्रह पुर्वाग्रह भन्दा माथी उठेर जनताको सेवा गर्न सबैमा प्रेरणा मिलोस भन्ने विश्वाश ब्यक्त गर्नुभएको ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता