कर्णाली सरकारले औषधी सहितको पशु चिकित्सक टोली अछामको गैटाणा  पठाउने

कर्णाली सरकारले औषधी सहितको पशु चिकित्सक टोली अछामको गैटाणा पठाउने

माघ १४ सुर्खेत

जुम्लाबाट चरिचरणको लागि अछाम पुगेका  भेडामा पखाला र पेट फुल्ने समस्या  देखिए पछि कर्णाली प्रदेश सरकारले औषधी सहितको पशु चिकित्सक टोली गैटाणा पठाउने भएको छ।

विज्ञापन

जुम्ला जिल्लाका तातोपानी,तिला,सिँजा र हिमा गाउँपालिकाका भेडापालक किसानहरुले सुदुरपश्चिम प्रदेश अछाम जिल्ला कमलबजार नगरपालिका वडा नं ६गैटाणामा  चरिचरणको लागि गएका १२सय भेडाहरु मध्ये २ सय भेडामा गत एक साताबाट पखाला लाग्ने पेट फुल्ने समस्याका कारण ५० भेडा मरेको भेडा पालक किसान नन्द बहादुर बमले फोन मार्फत र अर्का किसान शुसील बमले लिखित निवेदन मार्फत कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा समक्ष जानकारी दिनुभएकोले तत्काल समस्या समाधानको लागि कर्णाली प्रदेश सकारले औषधी सहितको पशु चिकित्सक टोली गैटाणा  पठाउन लागेको मन्त्री शर्माले जानकारी दिनुभएको छ।

मन्त्री शर्माले कर्णालीबाट अछाम टोली तत्काल पुग्न नस्कने अवस्था रहेको बताउदै तत्काल किसानको समस्या समाधान गर्न  आजनै  औषधी सहितको पशु चिकित्सक टोली अछाम पठाउन मन्त्रालयका सचिव पशु विकास महाशाखा प्रमुखलाइ निर्देशन गरि सकेको जानकारी दिनुभयो।

किसानको समस्या आउन साथ सुदुरपश्चिम सरकार कृषि मन्त्रालयका कृषि सचिव संग समन्वय गर्न मन्त्री ज्युको निर्देशन पछि सुदुरपश्चिम प्रदेश सकारका कृषि सचिव डाक्टर मदन धामी संग समन्वय गरेको प्रदेश सचिव नरहरि प्रसाद घिमिरेले बताउनु भयो।

समन्वय पछि प्रभावित क्षेत्रमा सुदुरपश्चिम बाट पशुचिकित्सक सहितको टोली प्रभावित क्षेत्रमा जाने भएको प्रदेश सचिव डाक्टर नरहरि प्रसाद घिमिरेले जानकारी दिनुभयो।

हाम्रो आयश्रोतको एक मात्रै माध्यम भेडापालन हो भेडापालन  ब्यबसायमा अज्ञात रोगको समस्या देखिएकाले प्रदेश सकारबाट समस्या समाधानको लागि पहल गरिदिन अनुरोध गर्न सुर्खेत झरेको र सरकार किसानको समस्या प्रति  चिन्तित हुदाँ खुसि भएको बमल बताउनु भयो। बमले भन्नुभयो मन्त्री शर्माले भोली नै प्रभावित क्षेत्रमा पशुचिकित्सक टोली पठाउन लागेको खवरले प्रदेश सरकार किसानको पशुधन सुरक्षामा चिन्तित हुदा थप किसानको क्षति नहुने बताउनु भयो।

प्रत्येक वर्ष भेडा चराउन अछाम लिने  गरेको र अहिले सम्म यस्तो समस्या कहिल्यै नआएको किसान बमले जानकारी दिनुभयो।मंसिरको महिना चरिचरणको लागि  अछाम प्रस्थान गरेका भेडा करिव डेड महिना पछि पुष ६ गते अछाम पुगेको र अछाम पुगे पछि भेडामा पखाला लाग्ने पेट फुल्ने समस्या देखिन थालेको किसान बमले बताउनु भयो।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता