राष्ट्रिय पिपि आर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ

राष्ट्रिय पिपि आर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ

२०८०माघ ९ सुर्खेत

कर्णालीमा पहिलो पटक राष्ट्रिय पि पि आर खोप अभियान सुर्खेतको बराताल गाउँपालिका वडा नं ८ भुटुके बाट शुभारम्भ गरिएको छ।

विज्ञापन

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय वीरेन्द्रनगर सुर्खेतको आयोजना तथा पशुपंछी बिकास निर्देशनालयको ब्यवस्थापनमा मंगलबार एक कार्यक्रमका वीच  बराताल गाउँपालिका वडा नं ८ भुटुकेका किसान पदम बहादुर शाहीको गोठबाट कर्णालीमा पहिलो पटक राष्ट्रिय खोप कृषि मन्त्री भिम प्रकाश शर्माले डाक्टर प्रतिभा श्रेष्ठ र सोबिना मल्ललाइ भ्याक्सीन हस्तारण गरी अभियानको शुभारम्भ गर्नुभएको हो।

शुभारम्भ कार्यक्रममा मन्त्री शर्माले सन २०३० सम्म नेपालभर पिपिआर रोग पुर्ण रुपमा निर्मुल गर्ने उदेश्यले कर्णाली प्रदेश सरकारले पहिलो पटक कर्णालीको पशुधन सुरक्षाको लागि प्रदेशलाइ हिमाली र पहाडी क्षेत्र गरि दुइचरणमा बिभाजन गरिखोप अभियान  सञ्चालन गरिएको बताउनु भयो।

कर्णालीको आयआर्जनको मुख्यश्रोत कृषि र पशुपालनपालन भएकाले मानव स्वास्थ्य जतिकै पशु स्वास्थ्यको सुरक्षा गर्न प्रदेश सरकारले किसान गोठबाट खोप लगाउन सुरु गरेको बताउनु भयो।

कर्णाली प्रदेशबाट सबै भन्दा बढी खसी बोकाहरु निकासी हुन्छन बाख्रापालनको लागि पकेट क्षेत्रको रुपमा रहेको बरातालको कृषि र पशु क्षेत्र बिकासमा प्रदेश सरकार तयार रहेकोले कृषि र पशुपालन क्षेत्रमा लाग्ने किसानहरुलाइ आग्रह गर्नु भयो।

कर्णाली प्रदेशमा खोप पर्याप्त छ खोपका कारण कोही किसान चिन्तित नहुन आग्रह गर्दै मन्त्री शर्माले हिमाली क्षेत्रका ५ जिल्लामा चैत्र महिना सम्म खोप अभियान सञ्चालन गर्ने गरी पहिलो चरणमा १४ लाख ३९ हजार भ्याक्सीन ५ जिल्लामा पठाएको बताउनु भयो।

कर्णाली प्रदेश सरकारले पहिलो पटक राष्ट्रिय पी पी आर खोप अभियानलाइ प्रदेश स्तरमा एकै पटक सुरु गरेको बताउदै पशु धन सुरक्षा गर्न प्रदेश सरकार जहिले पनि किसान संगै रहेकाले  किसानको गोठबाट अभियान शुभारम्म गर्नुले किसानको पक्षमा रहेको महसुस गरेको किसान जित बहादुर शाहीले बताउनु भयो।

उहाले भन्नुभयो सरकारी जाँगिर छोडेर बाख्रापालन ब्यबसाय रोजेको  अहिले  १सय ६७ बाख्रा रहेको बताउदै प्रदेश सरकारबाट बाख्रा श्रोतकेन्द्र स्थापना गरी किसानलाइ पशपालन तर्फ आकर्षण गरेको बताउनु भयो।

पहिले जीवन निर्भाहको लागि एक दुइ वटा बाख्रा पालेका किसान  अहिले प्रदेश सरकारले बाख्रा श्रोत केन्द्र स्थापना गरी  एक किसान ५०बाख्रा रहेको र बराताल वडा नं ८ मा मात्रै ९ हजार खसी बोका रहेको बताउनु भयो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता