नेपाल राष्ट्रिय कर्मचारी संगठन कर्णाली प्रदेश अध्यक्षमा गिरी
चैत ११,सल्यान
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर गिरी निर्वाचित हुनु भएको छ ।
कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका निजामती कर्मचारीको वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेश स्तरीय दोस्रो अधिवेशनले गिरीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
शनिवार सम्पन्न संगठनको दोस्रो अधिवेशनले गिरीको अध्यक्षतामा ३ पछि थप्ने गरी ३३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा जमान सिहं परियार, मुकुन्द शर्मा, ललिता बोगटी, लोक बहादुर विष्ट, शिवराम के.सी, सचिव रमेश खड्का, सह सचिव गोपाल बुढा, हंस महतरा र कोषाध्यक्ष पुनम वि.क रहनु भएको छ ।
#कर्मचारी संगठन #सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा