सहिद  भुजेलको २२ औं  स्मृति सभा सम्पन्न

सहिद भुजेलको २२ औं स्मृति सभा सम्पन्न

बुटवल – सहिद स्मृति प्रतिष्ठान नेपाल,रुपन्देहीकोे आयोजनामा सहिद कमल भुजेलको २२ आंै स्मृति सभा(दिवस आईतवार बुटवलमा मनाइएको छ ।

स्मृति सभाका अवसरमा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा युवा नेता खगेन्द्र बि.क सुजितले सहिदहरु कुनै व्यक्तिको मात्र नभएर सिंगो पार्टी र देशको साझा भएको भन्दै सहिदहरुको स्मृति दिवस कुनै व्यक्ति ,संघ र प्रतिष्ठानले मनाउनु भन्दा पार्टी र सरकारले नै व्यस्थित रुपमा मनाउनु पर्नेमा जोड दिए ।सहिदकै बलिदानीबाट देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र राज्यका हरेक निकायमा सबै प्रकारका सकरात्मक परिवर्तन ल्याउन सफल भएकाले सहिदलाई सम्मान गर्न कहिल्यै विर्सन नहुने बताए । माओवादी पार्टीले विभिन्न आन्दोलनका क्रममा सहिद ,बेपत्ता,घाईतेहरुको परिवारलाई उचित व्यबस्थापन गर्न सरकार संग पहल गर्नुपर्नेमा जोड दिए ।

विज्ञापन

स्मृति सभामा सहिद भुजेलको परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । सभामा माओवादी केन्द्रका युवा नेता पुष्पराज ढकाल , चेतन भण्डारी , अनुप पोख्रेल , कपिल चापागाईं लगाएतको उपस्थिति रहेको थियो ।

स्मृति सभा सहिद परिवार संघ रुपन्देहिका अध्यक्ष शिव घिमिरेको स्वागत मन्तव्य,संस्थाका उपाध्यक्ष मनोज रानाको अध्यक्षता , सचिव दामोदर न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।