तीन दिने क्षमता विकास तालिम सम्पन्न
- ई प्रतिबिम्ब
- २०८१ बैशाख १६
- 579 views
बुटवल – सहिद स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सञ्चालित तीन दिने सहिद बेपत्ता तथा घाइते, अपाङ्ग परिवारको लागि क्षमता विकास तालिम शनिबार बुटवलमा सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि खनालले बोल्दै विगतमा राज्य पक्ष र विद्रोही पक्षबाट विभिन्न घटनाक्रममा सहिद, बेपत्ता तथा घाईते भएकाहरुको परिवारलाई यो तालिमले उनीहरुमा अन्र्तनिहित क्षमताको विकासका हुने बताए । उनले विगतका द्वन्द्व घटनालाई भुलेर नयाँ सुरुवात गर्दै प्रतिष्ठानले गर्ने हरेक सिर्जनात्मक क्रियाकलापहरुमा उपमहानगरपालिकाकोे साथ र सहयोग रहने बताए ।
कार्यक्रममा संविधान सभा सदस्य सोनिया यादव, बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य राधा पौडेल, बुटवल वडा नं. ३ का वडा अध्यक्ष विष्णु प्रसाद ढकाल, नेकपा माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, पुष्पराज ढकाल, युवा समाजसेवी सुजित विक, सहिद परिवार रुपन्देहीका अध्यक्ष शिवप्रसाद घिमिरे, द्वन्द्व पीडित समाज लुम्बिनी प्रदेशका अध्यक्ष जानकी घिमिरेलगायतले बोल्दै सहित तथा बेपत्ता परिवारका सदस्यहरुलाई सम्मानस्वरुप तालिम दिएको भन्दै यसले व्यवहारिकरुपमा उत्प्रेरणा प्रदान गर्ने बताए ।
तीन दिनसम्म सञ्चालन भएको क्षमता विकास तालीम अन्तर्गत समापनका दिन दामोदर ज्ञवालीले सहजकर्ता तथा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यस्तैगरी तालिमपश्चात प्रशिक्षार्थी सागर न्यौपाने र कला केसीले आफ्ना भनाई राखेका थिए । समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई
प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । सहित स्मृति प्रतिष्ठानका रुपन्देही सचिव दामोदर घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न्न भएको थियो ।
- छत्रेश्वरी–५ ढोरेनीमा ‘एक घर, एक खानेपानी धारा’
- छत्रेश्वरी–२ मा अर्गानिक टिमुर उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
- सुख्खाग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलकाे अनुगमन
- समाजवाद मिसनको दुई महिने शोधयात्राअन्तर्गत सल्यानमा अन्तरसंवाद सम्पन्न
- सल्यानमा एक वर्षमा२सय३० अपराधका मुद्दा दर्ता, १सय ७८ अभियुक्त पक्राउ
- पुष्पलालको ४८औँ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
- कुमाखमा साउन ११ सम्म राजस्व संकलन सेवा बन्द
- कार्यसम्पादनमा जिल्ला प्रहरी कार्यालय सल्यान देशकै सर्वोत्कृष्ट
- सामाजिक सुरक्षा भत्ता नवीकरण अब टाेल टाेलमा: वडा नं १ ले जारी गर्याे समय तालिका
- उपेन्द्रलाल कामी : जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्दै ‘समाजवाद मिसन’को शोधयात्रामा
- कम्युनिष्ट मार्गदर्शक पुष्पलालको ४८औं स्मृति दिवस
- छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
- बिनाेद पहाडीकाे नेतृत्वमा दलित नागरिक अभियान नेपाल घाेषणा
- क्षमाले मात्र पुग्दैन — दलितमाथिको ऐतिहासिक अन्यायको हिसाब अब राज्यले दिनैपर्छ
- राज्यसत्ता र उत्पीडित समुदायको अर्थपूर्ण सहभागिता: एक विश्लेषण
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्