सहिदहरु प्रति उच्च सम्मान प्रकट पश्चात  मन्त्री परियारले गरे पदभार ग्रहण

सहिदहरु प्रति उच्च सम्मान प्रकट पश्चात मन्त्री परियारले गरे पदभार ग्रहण

बैशाख १२ सुर्खेत

प्रदेश सकारका नवनियुक्त मन्त्री  रनसिहं परियारले सहिदहरु प्रति उच्च सम्मान प्रकट गर्दै पदभार ग्रहण गरेका छन।

विज्ञापन

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय  दलको निर्णयबाट प्रदेश सरकारको मन्त्री पदमा नियुक्त  परियारले माओवादी केन्द्र कर्णाली प्रदेश पार्टी कार्यालमा पुगी १० वर्षिय महान जनयुद्धमा बलिदान गर्नु हुने महान सहिदहरु प्रति उच्च सम्मान सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण पश्चात मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिना विभागीय मन्त्री पदको पदभार  ग्रहण गरेका हुन।

गत चैत २७ गते केन्दीय सत्ता गठबन्धनको  निर्णय अनुसार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री यमलाल कडेलले १५ दिने पछि एक मन्त्री थप्न सफल भए पछि मन्त्री परियारले पद तथा गोपनीयताको सपथ ग्रहण पश्चात सहिदहरु प्रति उच्च सम्मान प्रकट गर्न  माओवादी केन्द्र पार्टी कार्यालयमा पुगेका थिए।

मन्त्री परियार अहिले  विना बिभागीय जिम्मेवारीमा रहेका छन। सहिदहरुको त्याग तपस्या  र वलिदानलाइ उच्च सम्मान गर्दै सहिदहरुले देखाएको बाटोमा देश र जनताको काम गर्न गर्ने प्रतिवद्धता गर्न पार्टी  कार्यालयमा पुगेका परियारले सहिद परिवारहरु संग भेटघाट गरेका छन।

कर्णाली प्रदेश सभाको  २४ सिटमा एक्ला प्रतिनिधिका रुपमा रहेका परियारले हुम्ला निर्वाचन क्षेत्र नं १ प्रदेश सभा क बाट २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका मंगलबहादुर शाहीलाई १ हजार ८सय ५१ मतले पराजित गर्दै कर्णाली प्रदेश सभामा प्रवेश गरेका थिए।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता