दर्जनौं प्रश्न र संकल्प

दर्जनौं प्रश्न र संकल्प

माघ २२

सुनसान रात,कुखुराको सुरिलो आवज,एका विहानै विमर्श झल्याँस्स विउँझन्छ। अनि चराहरुको चिरविर-चिरविर आज र बिहानीमा टिल्पिल टिल्पिल बत्तिको प्रकाश सङ्गै ऊ दैनिक झै  मिर्मिरे समयमा बिहानीको  हिडाईमा निस्कन्छ। एक घण्टा उकालो हिडाई पछि ब्यायम  गरि फिर्ता हुने तरखरमा हुन्छ। विपरीत दिशाबाट कुनै मानिस आएको प्याट्ट प्याट्ट आवाज आउँछ। ऊ एक छिन अड्किन्छ । त्यति बेला एक युवक संग जम्का भेट हुन्छ।  विमर्शले उसको परिचय खोज्छ।

विज्ञापन

विमर्श;तपाईको परिचय?

युवक; उसले भन्यो ;म विचार हुँ। म राष्ट्र सेवक कर्मचारी हुँ। जवाफ पछि विचारले विमर्शलाई सोध्यो; तपाईको परिचय? विमर्श; म विमर्श हुँ। मेरो घर यहि तलको गाउँमा पर्छ। मेरो कुनै पद र पोस्ट छैन। विमर्श मुस्कुरायो।

विचार; मलिन मुस्कुराहटमा तपाईं वर्गयुद्धको सिपाही हो?

विमर्श; मुस्कुराउदै कसरी ?

विचार; तापाईको विगतको सम्झना आयो।

विमर्श; कसरी?

विचार; सर्वहारा वर्गमुक्तिको खातिर युद्ध मोर्चा हुँदै क्यान्टोनमेन्ट सम्म तपाईको नेतृत्वको चर्चा सुन्थे।

विमर्श: अरे तपाईं त्यही धिरण त हैन?

विचार; हो म त्यही धिरण हो।

विमर्श; युद्ध विश्राम र बृहत् शान्ती सम्झौता भएको २ दसक पुग्यो हैन र! परस्थिती,संरचनागत परिवर्त र व्यावहारिक जीवनको कारण भेट सम्बाद नभएको पनि वर्षौ भयो चिन्न गार्हो है!

विचार; हो त नि परिस्थितिको उपज!

विमर्श:-  विचारलाई पुनः सोध्यो; विचार तपाईं किन गम्भीर मुद्रामा देखिनु हुन्छ नि?

विचार:- हो साँच्चिकै!नितिगत कार्य सम्पादनमा किन बाह्य र आन्तरिक हस्तक्षेप ? किन नाम र पोस्टमा प्रश्न? किन नितिगत कार्यसम्पादन गर्दा पनि कार्य सम्पादन प्रती प्रश्न किन? एकातिर नितिगत कार्य सम्पादनमा हस्ताक्षेप अर्कोतिर नितिगत कार्यसम्पादन विरुद्ध हस्तक्षेप किन? अनि कार्यसम्पादनमा प्रश्न ? किन यस्ता भ्रमपूर्ण द्वय चरित्रीक तवरले  प्रश्न उठाईन्छ? त्यो पनि क्याविनेटमा!यस्तो द्वय चरित्रको प्रश्न उठाउन पाउने व्यवस्था व्यवस्था र नितिमा  छ? द्वय चरित्रार्थ पात्र शुसासनको पक्षमा कि विपक्षमा? सत्ता र शक्तिको दुरुपयोग किन? नितिगत भ्रस्टाचार रोक्ने सामर्थ्य खोई? कर्मचारी विचमा मतभेद किन? कर्मचारिहरुलाई राज्यका कर्मचारी भन्ने सामर्थ्य किन राखिदैन?विचार र वर्गका नजरमा विभेद किन? मिथ्या र भ्रमको जीवन कति? व्यवस्थाको मर्म यहि हो त?यस्तै  यस्तै दर्जनौं प्रश्नहरुको उत्तर खोजिमा !

विमर्श; विचर जी कुनै पनि राष्ट्र सेवक कर्मचारीले कसैको दवाव र प्रभावमा नपरी  संविधान प्रदत्त ऐन,नियमावली,नीति र विधिको अक्षाराङ्क पालगरी कुसल कार्यसम्पादन गर्ने छु भनेर सपथ खानु पर्दैन र ?

विचार; हो विमर्श जी त्यही सपथमा, हामी राष्ट्र सेवक कर्मचारी राष्ट्रको संविधान,संविधान प्रदत्त ऐन,नियमावली,नीति र कार्यविधिलाई सर्वोच्च राखी ऐन नियम र कानुन सम्बद्ध अक्षराङ्क कार्यान्वयन र कार्यसम्पादनमा प्रतिबद्ध छौ। तर पनि आन्तरिक होस या बाह्य ,कुप्रवृति र  नाजी नजिरका  संजालले वेलावेला आक्रमण र  घेराबन्दी गरिरहन्छ। अविचलित यसको सामना गर्नुको विकल्प छैन।

विमर्श :- हो त नि!

विचार:- त्यति मात्र कहाँ हो र! शत्ता र शक्तिको आडमा नितान्त आत्मकेन्द्रीत मनोविज्ञानले गिजोलेको छ। कर्मचारीहरु विचमा विभेद,फुटाऊ,प्रयोग र राजको प्रवृती मौलाएको छ। सत्यलाई दमन र चुकुलिलाई समर्थन दिईन्छ।

विमर्श : त्यति मात्र कहाँ होर कर्मचारी हरुमा पनि केही मत भेद देखिन्छ नि है!

विचार : हो विमर्श जी साँच्चीकै कर्मचारिहरुमा पनि मत भेद छन। मतभेद  ,स्वार्थ,सम्पादन,सत्यता,शक्ति ,सत्ता र सामार्थ्य अन्तर्मुख छन।

विमर्श: भन्नाले बुझ्न अलि गर्हो भयो नि!

विचार: सत्ता र शक्तिको आडमा रहेका कर्मचारिहरु स्वार्थमा  लिप्त,अराजक र आड्म्ब चरीत्र देखाई रहन्छन। सत्यलाई झुटको खेति गर्दै शात्ताका मालिकको कानमा सुमधुर संगीत झै अनेक न अनेक झुट सुचनाको कथा सुनाएर ब्ल्याकमेल गर्छन। सुचनाको श्रोतलाई सुक्ष्म सम्पादन नगरि सरकार भनौ या सत्ताशिन शक्तिले  इमान्दार असल कर्मशिल कुसल कर्मचारिहरुमा बर्बर आक्रमण गर्न तत्परता हुन्छ्न। जसको परिणाम असल,इमान्दार ,कर्मशिल कुसल कार्यसम्पादन गर्ने सामार्थ्य र क्षमतावान  कर्मचारिहरुमा आतंकित गरि आफ्न कमजोरीको ढाक छोप गर्ने खुव धौड धुप गर्दछन। जसले प्रत्यक्ष सेवा ग्राही,संस्था र सरकार अनि राज्यलाई समेत क्षेती व्यहो र्नुपरिरहेको छ। भने कर्मचारी प्रशासनमा प्रश्नै प्रश्न चिन्ह उब्जाएको छ।

विमर्श; हो है!

विचार:- हो कर्मचारी विचमा  असल र खराव प्रवृतिको विचमा बहस छ।  निती र निष्ठागत रुपमा बहस छ। सक्षम र असक्षम विचको बहस छ। आदर्श र आतंक विचको बहस छ। न्याय र विभेद विचको बहस छ। सत्य र झुट विचको बहस छ।

विमर्श : अरे हो है?

विचार: हो विमर्श जी! साँच्चिकै बहस छ। सेलेक्टिड कर्मचारी र इलेक्टिड कर्मचारी विचमा पनि बहस छ। सेलेक्टिडलाई इलेक्टिडले अनेक प्रहार र असफल बनाई रहन्छन।

विमर्श; विचार जी!नजिरको नसा भन्दा निति र न्याय सम्बद्ध पक्ष ओजस्वी हुन्छ। यसकारण  निर्भिक,अविचलित,दबाब र प्रभाव विहिन नियम संगत कार्यसम्पादन निरन्तरता दिनुस तपाईं  राष्ट्र सेवक कर्मचारीको कर्तब्य र जिम्मेवारीमा लागि रहनुस। एकदिन सत्य र न्यायको जित पक्कै हुनेछ। त्यसमा हाम्रो समर्थ हुनेछ।

विचार; पक्कै पनि विश्वास छ। तपाईको प्रेरणा र सुझाव अमुल्य छ। थप स्पात र  जिम्मेवार बनाउने छ। सेवा सरलता,सहजता,गुणस्तरीयत सङ्गै हरेक कार्यलय भित्र होस वा बाहिर चरम व्यतिथी,असमानता,उत्पीडन,भ्रस्टाचार को विरुद्ध खरो प्रतिबादाको अस्त्र उठाउने प्रण गर्दछु। उक्त अभियानमा असल,सचेत,जिम्मेवार ,इमान्दार अनि सत्य र न्यायको पक्षधरको एकता हुनेछ। साझा र न्यायिक आवज बुलन्द हुनेछ। सुझावको लागि हार्दिक धन्यवाद विमर्श जी!

विमर्श:- अरे  बजार पो पुगियो छ। गफ गर्द गर्दै पत्तै भएन है!

विचार:- हो त नि,अब छुट्टीने बेला नै भयो क्यारे!

विमर्श:- ऊ गाडी पनि आयो तपाईलाई यसमा जान सहज हुन्छ होला।

विचार:- पक्कै पनि! छुट्टिने अनुमती लिए ल,

विमर्श:-हस् फेरि भेटौला!

हरेक यात्रामा एकताको प्रण गर्दै दुबैजना  पुनर्मिलन र सामिप्यताको वचन सहित हात मिलाउछन। विचारले हात हल्लाउदै गाडिमा चढ्छ। गाडी अगाडी बढ्छ। विमर्श पनि आफनो गन्तव्यको पाईला अगाडी लम्काउछ।

२१ माघ २०८०

लेखकःभुपेन्द्र ओली  बागचौर न.पा  ५ सल्यान कर्णाली प्रदेश,नेपाल ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता