५० औं स्वर्ण जयन्तीको पुर्वसन्ध्यामा सैनामैना पर्राेहा परमेश्वर नमुना माविमा रक्तदान

५० औं स्वर्ण जयन्तीको पुर्वसन्ध्यामा सैनामैना पर्राेहा परमेश्वर नमुना माविमा रक्तदान

सैनामैना – ५० औं स्वर्ण जयन्तीको अवसर परेर सैनामैना पर्राेहा परमेश्वर नमुना माध्यमिक विधालयले रक्तदान कार्यक्रम सम्पन गरेको छ ।
आफ्नो स्थापनाको ५० औं स्वर्ण जयन्तीको पुर्वसन्ध्यामा विधालयमा आज एक कार्यक्रमको आयोजना गरि बृहत रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा विधालयको प्रांगणमा आयोजित कार्यक्रममा १२९ जनाले रगतदान गरेको कार्यक्रम संयोजक लता खड्काले जानकारी गराउनुभयो ।कार्यक्रममा विधार्थि, शिक्षक, कर्मचारी, विधालय व्यवस्थापन समितीका पदाधिकारी सदस्य, अभिभावक लगायत रक्तदाताहरुको सहभागीता रहेको थियोे भने पहिलो पटक ९० भन्दा धेरै विधार्थिहरु रगतदान गरेका थिए ।


स्थापनाको ५० बर्ष पुगेको अवसरमा विधालयले रक्तदान कार्यक्रम आयोजना गरि रक्तदानबारे सकारात्मक सन्देश दिन नव रक्तदाता विधार्थिहरुलाई कार्यक्रममा सहभागी गराइएको बताउनुभयो ।
रक्तदान जस्तो पवित्र सेवामा विधार्थिहरुलाई सहभागी गराई सामाजिक उत्तरदायित्वको भावना जगाउने उदेश्यले कार्यक्रम गरिएको र विधालयको स्वार्ण जयन्ती विविध कार्यक्रम गरि मनाईने विधालयका प्राचार्य नेत्र पुरीले बताउनुभयो ।

विज्ञापन

विधालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालको अध्यक्षता चन्दा रावलको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो ।
विधालयका सहप्राचार्य यमानन्द चालिसेको स्वागत तथा कार्यक्रम संयोजक एवं शिक्षक लता खड्काको सन्चालनमा कार्यक्रम सप्पन्न भएको थियोे ।