ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
जग्गा सम्बन्धी बिवाद  हुँदा हत्या गरेर फरार भएका अभियुक्त पक्राउ

जग्गा सम्बन्धी बिवाद हुँदा हत्या गरेर फरार भएका अभियुक्त पक्राउ

रोल्पा माघ ८ ।

रोल्पामा जग्गाको सिमाना सम्बन्धी बिवाद हुदा हत्या गरी फरार भएका अभियुक्त पक्राउ परेका छन।

विज्ञापन

जग्गा ससिमाना सम्बन्धी विवाद हुँदा हत्या गरेर फरार रहेका एक अभियुक्तलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको हो ।

जिल्लाको परिवर्तन गाउँपालिका–६ का गणबहादुर कामीलाई बुधबार प्रहरीले पक्राउ गरेको बताएको छ।

उनले २०५१ भदौ २१ गते जग्गा साँधसिमाना सम्बन्धी विवादमा साविक तालावाङ गाविस–७ हाल माडी गाउँपालिका–३ खारावाङ ल्वाँतेका चुनबहादुर घर्तीमगरको हत्या गरेको अभियोग थियो ।

उक्त घटनापछि र अदालतको फैसलापछि पनि उनी फरार थिए । घटनाका संलग्न भएका दुई जनामध्ये अर्का अभियुक्तलाई भने पहिले नै पक्राउ गरी कानुनी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

उनी विरुद्ध २०७० वैशाख ९ गतेको रोल्पा जिल्ला अदालतको फैसलामा जन्म कैद (२० वर्ष कैद) सुनाएको थियो ।

तर उनि छिमेकी मुलुक भारतमा पुगी लुकिछिपी बस्ने गरेका थिए ।

पछिल्लो पटक भारतबाट लुकिछिपी घर आएको ६ दिनमै प्रहरीले कामीलाई पक्राउ गरेको जनाएको छ । घटना हुँदा कामी २१ वर्षका थिए ।

बुधबार पक्राउ गरिएका गणबहादुर कामीलाई कारागार चलान गरिसकेको प्रहरीले जनाएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता