निर्माण व्यवसायीको साधारणसभा हेटौंडामा: योजना अलपत्र नपार्न रुपन्देही अध्यक्ष भुसालको सुझाब

निर्माण व्यवसायीको साधारणसभा हेटौंडामा: योजना अलपत्र नपार्न रुपन्देही अध्यक्ष भुसालको सुझाब

निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा सुरु भएको छ । हेटौंडामा आजदेखी सुरु भएको महासंघको २५ औं वार्षिक साधारणसभा २ दिन सम्म चल्ने छ ।

विज्ञापन

उक्त साधारण सभामा बोल्दै लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मञ्जु भुसालले सबै निर्माण व्यवसायीको हितका निम्ति आफु निरन्तर सहयोग र सहकार्य गर्न तयार भएको बताईन भुसालले बिशेष गरी रुपन्देहीकै बिषयमा केन्द्रित भएर मन्तव्य राख्दै उनले भनिन हामी निर्माण व्यवसायीले ठुला ठुला राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र पारेको अबस्था छ त्यस्को तथ्यांक उतार्न जरुरि छ।
उनले कोहि पनि निर्माण व्यवसायीहरुले भुक्तानी नपाएका कारण काम अलपत्र नपार्न निर्देशन दिदै साना होस वा ठुला सबै व्यवसायिहरुको पक्षमा समान ढङ्गले सहजिकरणका निमित्ति तयार रहेको बताई । उनले भनिन ‘बजेटको व्यवस्था नगरी हचुवाको भरमा आयोजना सञ्चालन गर्दा हामीलाई काम गर्न गाह्रो भएको हो । निर्माण क्षेत्र चलायनमान नहुँदा मुलुकमा आर्थिक समस्या देखिएको छ,’स्रोत सुनिश्चित नभएको आयोजनाले मार पारेको छ । यहाँ निर्माण व्यवसायीलाई मात्रै एकपक्षीय आरोप लगाउने काम भएको छ भुक्तानको विषयमा सरकार चुकेको छ ’ तर यस बिषयमा सरकारले पनि गम्भिर ध्यानदिनुपर्ने बताईन ।

वार्षिक साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए भने ।साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति, सल्लाहकार तथा प्रतिनिधि र पर्यवेक्षक गरी १ हजार ८ सय जना सहभागी भएका छन।