नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन लुम्विनी प्रदेशको प्रथम भेला सम्पन्न

नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन लुम्विनी प्रदेशको प्रथम भेला सम्पन्न

२२ भदौं २०७९

बुटवल । ने.क पा माओवादी केन्द्र निकट नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन लुम्विनी प्रदेशको प्रथम भेला सम्पन्न भएको । बुधवार बुटवलमा भएको भेलाले रामचन्द्र भुषालको अध्यक्षता १५ सदस्यीय कार्यसमिती चयन गरेको छ। जसको उपाध्यक्षमा रवि प्रसाद कर्मचार्य ,सचिव जितेन्द्र खत्री,काषध्यक्ष महेन्द्र कुमार भुषाल,सदस्यहरुमा माधव चापागाई,ललीत पहाडि,वदरुध्वज फकिर,लिलाधर खराल,रामलमल खनाल ,धन बहादुर थापा,सफल बुढा मगर ,दुर्गा बहादुर विश्वकर्मा,कृष्ण लामा,भिम राना चयन हुनुभएको छ ।

विज्ञापन

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनका केन्द्रिय अध्यक्ष डोलनाथ खनालले व्यबसायीहरु फुटेर होईन जुटेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो ।कोरोना महामारी पछि सबै भन्दा बढि असर यातायात क्षेत्रमा परेकाले व्यवसायीहरुमा मारमा परेको बताउनु भयो ।यातायात व्यवसायीहरु संकटमा परेका बेलामा सरकारले राहात दिनुको सट्टा बेलाबेलामा यो वा त्यो वाहाना सधै असहयोग गरेको बताउदै अब पेशा ,व्यबसायको संरक्षण र व्यबसायिहरुको हकहित संगै नागरिक मैत्री व्यबसाय बनाउन प्रगतिशिल सोचका व्यक्तिहरु एउटै संगठन भित्र आबद्ध हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा ने.क.पा माओवादी केन्द्रका रुपन्देही संयोजक नारायण जि.सी,ज्ञानेन्द्र श्रेष्ठ,पुरुषेत्तम सिंखडा लगाएतले बोल्दै यातायात क्षेत्रमा हुने गरेका अनियमितताको अन्त्य गर्न नव गठित कार्यसमितीले पहल गर्न सकोस भन्दै पेशागत मर्यादालाई जोगाउन आग्रह गरेका थिए । कार्यक्रम संगठनका प्रदेश संयोजक टंक बस्यालको अध्यक्षता तथा केन्द्रिय सदस्य जितेन्द्र खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।