कक्षा १२ को नतिजा सार्वजनिक
- ई प्रतिबिम्ब
- २०७९ भाद्र १७
- 137 views
भदौ १७, २०७९
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।
बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी ( नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।
यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् भने ४ जिपीए ल्याउने संख्या शून्य रहेको छ ।
एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।
परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
- बिसे नगर्ची एकताको प्रतिक नेपालद्वारा वृक्षारोपण तथा शुभकामना आदानप्रदान
- बडादशैँ शुरू, आज घटस्थापना
- बाढी पहिरोबाट ९९ जनाले ज्यान गुमाए, ७२ जना बेपत्ता
- लुम्बिनीमा पर्यटकलाई स्वागत गरी मनाइयो पर्यटन दिवस
- सुनको भाउमा अर्को कीर्तिमान : तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ पुग्यो
- सेवा निवृत्त पछि मानव सेवामा सक्रिय सल्यानी रुपेश बागचन्द
- बृहत्तर लुम्बिनी क्षेत्रबारे पर्यटक गाईड बुक तयार गरिदैं, मस्यौदामाथि लुम्बिनीमा छलफल
- शिक्षक कर्मचारीलाई कम्प्यूटर तालिम
- दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाको एक हप्ताअघि खुलाउने तयारी
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३
प्रतिकृया दिनुहोस्