समाजवादीकै नेतृत्वमा लालपूर्जा बाँडिन्छ ः चापागाई,सुकुम्बासी संगठन रुपन्देहीको अध्यक्षमा थापा

समाजवादीकै नेतृत्वमा लालपूर्जा बाँडिन्छ ः चापागाई,सुकुम्बासी संगठन रुपन्देहीको अध्यक्षमा थापा

बुटवल, मंसिर २१ ।

नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एंव रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले भूमिहिन, सुकुम्बासीहरुलाई आफको समस्या समाधान गठबन्धनको सरकारले गर्ने बताएका छन । नेकपा एकिकृत समाजवादी पार्टी निकटको नेपाल भूमिहिन तथा सुकुम्बासी संगठन रुपन्देहीको भेलालाई सम्बोधन गर्दै डा. चापागाईले यस्तो कुरा बताएका हुन ।
यसअघि एमालेको नेतृत्व भूमिहिनहरुको बिषयमा अनुदान बनेकै कारण साँढे ३ बर्ष सरकारमा भएर पनि भूमिहिन सुकुम्बासीहरुको समस्या समाधान नभएको उनले बताए । उनले एकिकृत समाजवादी पार्टीकै नेतृत्वमा भूमिहिनहरुले लालपूर्जा पाउने बताए ।

विज्ञापन

भेलामा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले आफूहरुले कसैको भावनामाथी खेलेर झुक्याउने पार्टी नभएको बताए । उनले यसअघि बुटवलमा विष्णु पौडेलले लालपूर्जा दिन्छु भनेर चुनावमा गएपनि त्यो काम नगरेको भन्दै यो सरकारले भूमिहिनहरुलाई लालपूर्जा दिने तर त्यसका लागि शर्त अघि नसार्ने बताए । ‘सबै पार्टीका जनताले लालपूर्जा पाउछन् तर, त्यसवापत भोट दिनुपर्छ भनेर हामी शर्त राख्दैनौं’ उनले भने । भेलालाई अर्का केन्द्रीय सदस्य तथा रुपन्देही सहइन्चार्ज सिद्धिचरण भट्टराईले साँढे ३ वर्षसम्म ओली नेतृत्वको सरकारले केहि पनि काम नगरेको टिप्पणी गरे । उनले काम गर्न आफूहरुसँग पर्याप्त समय रहेको बताए ।

मंगलबार बुटवलमा भएको भेलाले टेक सिंह थापाको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन गरेको छ। संगठनको उपाध्यक्षमा यम सुनार, सचिवमा अम्मराज पोखरेल, सहसचिवमा विष्णु कुमार थापा, कोषाध्यक्षमा थामकुमारी पौडेल चयन भएका छन । त्यसैगरि सदस्यहरुमा नरेन्द्र पुन, शंकर केसी, जगत क्षेत्री, तेज बहादुर नेपाली, यज्ञप्रसाद पाण्डे, विष्णु परियार, राजकुमार हरिजन लगायत छन । भेला टेकसिंह थापाको अध्यक्षतामा भएको थियो ।