दलित मुक्ति संगठन रुपन्देही गठन, अध्यक्षमा सुनार
- epratibimba .com
- २०७८ मंसिर २१
- 322 views
बुटवल, मंसिर २१
ई प्रतिबिम्ब
नेकपा एकिकृत समाजवादी पार्टी निकटको दलित मुक्ति संगठन रुपन्देही गठन भएको छ ।
मंगलबार बसेको भेलाले यमबहादुर सुनारको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । संगठनको उपाध्यक्षमा तेजबहादुर नेपाली, सचिवमा विनोद सुनार, उपसचिव प्रेम बराईली र कोषाध्यक्षमा सिता विक चयन भएका छन ।
भेलालाई सम्बोधन गर्दै दलित नेता तथा नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश सदस्य डोलेन्द्र गहतराजले सच्चा कम्यूनिष्ट दलितहरु समाजवादीमा आबद्ध हुनुपर्ने बताए । उनले इतिहासदेखि नै विभेदमा परेको दलित समुदायको अधिकार संस्थागत गर्नमा दलहरु चुकेको बताए ।
भेलाललाई नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, लुम्बिनी प्रदेश कमिटि सदस्य लिलबहादुर विक, जिल्ला सचिव अविराम विक, दलित मुक्ति संगठनका केन्द्रीय सदस्य राम बहादुर विक लगायतले बोल्दै नवगठित कमिटिलाई बधाई तथा सफल कार्यकालको शूभकामना दिएका थिए ।
- समयमै घटना दर्ता नहुंदा राज्यको सेवा सुविधाबाट बञ्चित हुदै दलित समुदायका नागरिकहरु
- संघीयता कार्यान्वयनको सात बर्ष: सीमान्तकृत समुदायको सवालमा लुम्बिनी सरकार मौन
- आठौ राष्ट्रपति रनिङ शिल्ड सैनामैनाको उपाधी पशुपति मा.वि.ले उचाल्यो
- माओवादी केन्द्र बुटवलले मनायो माओ जन्मजयन्ती
- इडन मा. वि. नहरपुरमा विधार्थी स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
- बुटवलमा औद्योगिक व्यापार मेला शुरु : ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह
- बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा, १६ दिनमा १५ करोड बढीको कारोवार हुने अनुमान
- एवाईसी क्विज च्याम्प सिजन टु को उपाधि सुनगाभा स्कूललाई
- जिल्लास्तरीय खुला नकआउट क्रिकेट प्रतियोगिताको उपाधी लुम्बिनी खुकुरी क्लबलाई
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३
प्रतिकृया दिनुहोस्