गण्डकीमा कांग्रेसले छान्यो तीन मन्त्री, दोबाटेको ठाउँमा विन्दुकुमार
- epratibimba .com
- २०७८ श्रावण ८
- 253 views
{इ प्रतिबिम्ब} काठमाडौं – गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले दोबाटे विकको ठाउँमा विन्दुकुमार थापालाई मन्त्री बनाउने भएको छ ।
यसअघि विकको नाम चयन गरेको कांग्रेसले पछि फेरि उनको नाम हटाएर थापालाई मन्त्री बनाउने निर्णय गरेको हो । दोबाटे कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।
व्यापारिक पृष्ठभूमिबाट आएका थापा पार्टी सभापति शेरबहादुर देउवा निकट छन् । उनी स्थानीय तहको चुनावमा पोखरा महानगरपालिकाको मेयरका आकांक्षी थिए । उनले प्रतिनिधिसभा चुनावमा पनि टिकटको दाबी गरेका थिए । तर पछि प्रदेशसभाको टिकट पाएका थिए ।
कांग्रेसले गण्डकी प्रदेशमा मणिचन्द्र शर्मा र मेखलाल श्रेष्ठलाई पनि मन्त्री बनाउने निर्णय गरेको छ ।
श्रेष्ठ गोपालमान श्रेष्ठका आफन्त हुन् । श्रेष्ठ पनि व्यापारिक पृष्ठभूमिका नेता हुन् ।
- शिवजन क्याम्पस शितलपाटीको सञ्चालक समिति अध्यक्षमा राई
- नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको प्रदेश अध्यक्षमा गौतम
- औद्योगिक प्रदर्शनी प्रतियोगिता २०८१ को प्रथप पुरस्कार केदारथान राडी उद्योगलाइ
- माओवादी केन्द्र सल्यान जिल्लाको सचिवको जिम्मेवारी प्राप्त गर्ने को हुन राना ?
- सल्यानमा बजाज सोरुममा आगलागी हुँदा ६ लाख बराबरको क्षति
- विज्ञ संग अर्थमन्त्री पुनको छलफल करका दर हेरफेर नहुने
- सरकारको निर्णय नेपाली नोटमा चुच्चे नक्सा
- कर्णाली प्रदेश सरकारको खिचडी भित्र कृषि मन्त्रालय
- लायन्स भृकुटी टाउन मनकामनाद्वारा सुस्ताका विपन्नलाई २५ वटा बाख्रा वितरण
-
पार्टीबाट बिदा भए सभामुख घर्तीमगर
२०७९ माघ ३ -
संविधानमा समेटिएका दलित सवाल र सहभागिता
२०७८ आश्विन ३
प्रतिकृया दिनुहोस्