गण्डकीमा कांग्रेसले छान्यो तीन मन्त्री, दोबाटेको ठाउँमा विन्दुकुमार

गण्डकीमा कांग्रेसले छान्यो तीन मन्त्री, दोबाटेको ठाउँमा विन्दुकुमार

{इ प्रतिबिम्ब} काठमाडौं – गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले दोबाटे विकको ठाउँमा विन्दुकुमार थापालाई मन्त्री बनाउने भएको छ ।

यसअघि विकको नाम चयन गरेको कांग्रेसले पछि फेरि उनको नाम हटाएर थापालाई मन्त्री बनाउने निर्णय गरेको हो । दोबाटे कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।

विज्ञापन

व्यापारिक पृष्ठभूमिबाट आएका थापा पार्टी सभापति शेरबहादुर देउवा निकट छन् । उनी स्थानीय तहको चुनावमा पोखरा महानगरपालिकाको मेयरका आकांक्षी थिए । उनले प्रतिनिधिसभा चुनावमा पनि टिकटको दाबी गरेका थिए । तर पछि प्रदेशसभाको टिकट पाएका थिए ।

कांग्रेसले गण्डकी प्रदेशमा मणिचन्द्र शर्मा र मेखलाल श्रेष्ठलाई पनि मन्त्री बनाउने निर्णय गरेको छ ।

श्रेष्ठ गोपालमान श्रेष्ठका आफन्त हुन् । श्रेष्ठ पनि व्यापारिक पृष्ठभूमिका नेता हुन् ।