छत्रेश्वरी  गाउँपालिकामा पाँचाै राष्ट्रपति रनिङ सिल्ड उद्घाटन

छत्रेश्वरी गाउँपालिकामा पाँचाै राष्ट्रपति रनिङ सिल्ड उद्घाटन

फागुन ९ सल्यान

छत्रेश्वरी गाउँ पालिका स्तरीय पाँचाै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन भएको छ।

विज्ञापन

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारालाई शिरोधार्य गर्दै छत्रेश्वरी गाउँ पालिका पाँचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा पालिका स्तरीय दोस्रो अध्यक्ष कप २०७९ को समुदघाटन प्रदेश सभा सदस्य तथा प्रमुख अतिथि शुरेश अधिकारीले गर्नु भएको छ।
पालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेल सहित पालिका उपाध्यक्ष , खेलकुद समिति , जनप्रतिनिधि , राजनिति दल , कर्मचारी , बिधालय परिवार, संघ संस्था प्रतिनिधि , पत्रकार , सुरक्षाकर्मी, खेलाडी  तथा स्थानीय  समुदायको उल्लेखनीय सहभागितामा रहेको थियो।
३ दिन सम्म संचालन हुने  खेलकुद कार्यक्रममा  पालिका स्तरिय  विधालय र वडा बाट प्रतिस्पर्धा गर्नेछन ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता