शारदा नगरपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

शारदा नगरपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

फागुन ९,सल्यान 

शारदा नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।त्रिभुवन जन माध्यमिक विद्यालयमा आज एक कार्यक्रमकको आयोजना गरि रनिङशिल्डको उद्घाटन भएको हो ।

विज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला  समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले खेल क्षेत्रको माध्ययमबाट जिल्लाको पहिचान स्थापित गराउनको लागि विद्यालय स्तरबाटै खेलमा चासो र सहभागीतामा जोड दिन विद्यार्थीलाई आग्र्रह गर्नुका साथै रनिङ शिल्ड सफलताको शुभकामना दिनु भयो ।

उद्घाटन समारोहको समापान गर्दै कार्यक्रममा सभाध्यक्ष तथा नगर प्रमुख प्रकाश भण्डारीले खेल क्षेत्रमा नगरपालिकाले गत वर्ष भन्दा दोब्बर बजेट विनियोजन गरिएको र यही आर्थिक वर्ष या आउदो आर्थिक वर्षमा राष्ट्रिय स्तरको भलिवल प्रतियोगिताको तयारी गरिरहेको उहाँले बताउनु भयो ।

वडा नम्बर १४ मा जन्मिएर एथ्लेटिक्स खेल मार्फत पटक पटक अन्तराष्ट्रिय पदक जितेर नगरपालिका मात्र नभएर देशकै नाम उच्च राख्न सफल हुनु भएकी खेलाडी पुष्पाा भण्डारी बाट सहभागी खेलाडीले प्रेरणा लिन सक्नु पर्ने उहाँले बताउनु भयो । उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयको साँस्कृतिक प्रस्तुती रहेको थियो भने कार्यक्रमको संचालन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले गर्नुभएको थियो ।
आजबाट सुरु रनिङशिल्डमा नगरभित्रका १५ विद्यालयका खेलाडी विद्यार्थीहरु विच भलिवल, कवड्डी, एथ्लेटिक्स र मार्सलआर्ट विदामा खेल संचालन हुने नगरपालिकाले जनाएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता