छत्रेश्वरीद्धारा ह्याट्रीक शिल्ड दिलाउने खेलाडिलाइ सम्मान कपुरकोटले पनि सम्मान गर्ने

छत्रेश्वरीद्धारा ह्याट्रीक शिल्ड दिलाउने खेलाडिलाइ सम्मान कपुरकोटले पनि सम्मान गर्ने

माघ,२५ सल्यान

सल्यानको छत्रेश्वरी गाउँपालिकाले जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियागितामा शिल्ड दिलाउने खेलाडीहरुलाई सम्मान गरेको छ ।

विज्ञापन

बुधबार कपुरकोट गाउँपालिका–५ रिम स्थित जीवनज्योती नमुना माध्यमिक बिद्यालयमा आयोजित समापन समारोहमा शिल्ड तथा ट्रफी ग्रहण गरेको पालिकाले आफ्नो पालिकाको वडा नम्बर ६ को शंकपार्कमा सम्मान कार्यक्रमको आयोजना गरेर खेलाडीहरुलाई सम्मान गरेको हो ।

शिल्ड कब्जा गर्न सफल छत्रेश्वरीले १५ स्वर्ण, १२ रजत र ११ कास्य पदक गरि जम्मा ३८ पदक ल्याएको छ । पालिकाले करातेमा ११ स्वर्ण, ४०० मिटर दौडमा १ स्वर्ण, ८०० मिटर दौडमा १ स्वर्ण, रिले दौडमा २ स्वर्ण पदक ल्याएको छ । गाउँपालिकाले स्वर्ण पदक जित्ने खेलाडीलाई प्रत्येक ब्यक्ति ३ हजार,रजत पदक जित्नेलाई २ हजार ५सय र काश्य पदक जित्ने खेलाडीलाई प्रत्येक ब्यक्तिलाई २ हजार नगद सहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले जानकारी दिए ।

पालिकालाई ह्याट्रिक शिल्ड दिलाउने खेलाडीहरुलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले खेलाडीहरुलाई बधाई दिदै प्रदेशमा हुने प्रतियोगिताका लागि छनोट भएका खेलाडीलाई सफल्ताका लागि शुभकामना दिए  उनले नियमित अभ्यास नै सफल्ताको प्रतिक भएको भन्दै प्रतियोगिताको समय बाहेक अन्य समयमा पनि अभ्यास गर्न सुझाब दिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री,प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी,गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत,वडा नम्बर ४ का वडा अध्यक्ष छबिलाल खत्री, ६ का वडा अध्यक्ष टिकाराम बुढा, इप्रका लुहामका प्रमुख रेशमलाल पौडेल लगायतले खेलाडी, प्रशिक्षक, व्यवस्थापकलाई सम्मान पत्र र पुरस्कार प्रदान गरेका हुन ।

यता प्रतियोगितामा दोस्रो हुन सफल कपुरकोट गाउँपालिकाले पनि खेलाडीलाई सम्मान गर्ने भएको छ । १० स्वर्ण,११ रजत,१३ काश्य गरी जम्मा ३४ पदक जितेर दोस्रो भएको पालिकाले माघ २८ गते खेलाडीहरुलाई गाउँपालिकामा सम्मान गर्ने भएको हो । पालिकाले स्वर्ण पदक जित्न सफल खेलाडीलाई प्रत्येक ब्यक्ति ३ हजार नगद सहित सम्मान गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता