सुरक्षित कर्णाली विशेष अभियान २०८०को रक्षामन्त्री खड्काद्वारा शुभारम्म

सुरक्षित कर्णाली विशेष अभियान २०८०को रक्षामन्त्री खड्काद्वारा शुभारम्म

असार ३१ सुर्खेत

सुरक्षित कर्णाली विशेष अभियान २०८०को रक्षामन्त्री खड्काद्वारा शुभारम्म  गरिएको छ।

विज्ञापन

नेपाल सरकारका उप प्रधानमन्त्री एब रक्षा मन्त्री पुर्ण बहादुर खडकाको प्रमुख अतिथ्यतामा वीरेन्द्रनगर २ कोलडाँडामा स्थानीय नागरिकको घरमा फोन नं सहितको स्टिकर टाँस गरि सुरक्षित कर्णाली विशेष अभियान २०८०को शुभारम्भ गरिएको हो।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला कानुन मन्त्रालय,वीरेन्द्रनगर नगरपालिका सुर्खेत, र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहकार्य र कर्णाली प्रदेश प्रहरी कार्यालयको आयोजनामा सरक्षा सहकार्य सहित स्टिकर टाँस कार्यक्रम बिशेश अतिथि कानुनी मन्त्री कृष्ण बहादुर जिसी,भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि तथा रक्षा मन्त्री पुर्णा बहादुर खडकाले अस्थायी टहरमा स्टिकर टाँस गरि उद्धघाटन गरिएको कार्यक्रम प्रमुख अतिथि खडकाले स्थानीय चन्द्रा सुनार कृषि मन्त्री शर्माले कर्णबिर बोगटी र कानुन मन्त्री कृष्ण बहादुर जिसीले निर्मला शाहीको घरमा फो नं सहितको स्टिकर टाँस गर्नुभएको हो।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता