ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
पार्टीको झण्डा ओढाएर सीतालाई प्रचण्डले दिए श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर सीतालाई प्रचण्डले दिए श्रद्धाञ्जली

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ ।

विज्ञापन

स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएकोमा उपचार सुुरु गर्दा नगर्दै सीताको निधन भएको हो ।

नर्भिक अस्पतालका डा. जगदीश जैसवालले बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा सीता दाहालको निधन भएको बताउनु भएको छ । प्रधानमन्त्री दाहाल र मन्त्रीहरु अहिले नर्भिक अस्पतालमा भेला भएका छन् ।

सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्था हुनुहुन्थ्यो । पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगबाट उहाँ लामो समयदेखि पीडित हुनुहुन्थ्यो ।

पार्टी  अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रीमती सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ।

प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा पत्नीको पार्थिव शरीरमा झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको हो।

झण्डा ओढाएर श्रद्धाञ्जली दिएसँगै अहिले शुभेच्छुकहरुले झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उहाँको पार्थीव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने र २ बजे अन्तेष्टि गर्ने तयारी छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता