ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
हुम्लामा दैनिक १४ घण्टा लोडसेडिङः नागरिकमा सास्ती

हुम्लामा दैनिक १४ घण्टा लोडसेडिङः नागरिकमा सास्ती

हुम्ला माघ ८ । 

हुम्लामा दैनिक १४ घण्टा लोडसेडिङ हुदा नागरिकमा सास्ती भएको छ ।

विज्ञापन

जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक १४ देखि १८ घण्टासम्म लोडसेडिङ हुने गरेको छ ।

हिल्दुम साना जलविद्युत् आयोजनाले लोडसेडिङ गर्दा जिल्लाका उद्योग व्यवसायीहरू एक दशकभन्दा लामो समयदेखि मारमा परेका छन् ।

सिमकोटमा सञ्चालनमा आएका स्थानीय व्यवसायीले कार्यालयको तालिका बिनाको लोडसेडिङका कारण आफूहरूको व्यवसायमा विगत १३ वर्षदेखि समस्या रहँदै आएको र अहिलेसम्ममा समाधानका लागि प्रयास नभएको बताएका छन।

सिमकोटमा रहेका व्यवसायीले लोडसेडिङको तालिका समेत नहुँदा कामदारले कुन बेला विद्दुत आउला भनेर कुर्ने गरेको फर्निचर उद्योगका सञ्चालन दशरथ रावतले बताए।

पानीको अभावका कारण माग अनुसार विद्युत् आपूर्ति गर्न नसकेको हिल्दुम साना जलविद्युत वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता