माओबादी केन्द्रले थाल्यो पार्टी सुद्धिकरण अभियान मातृका यादवलाई कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी
काठमाडौं । माओवादी केन्द्रले तीन महिने अभियानका लागि प्रदेश इन्चार्ज तोकेका छ ।
प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल ‘जनतासँग माओवादी’ नाम दिइएको अभियानका लागि यस अघि कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लको ठाउँमा मातृका यादवलाई नयाँ इन्चार्जको रुपमा जिम्मेवारी तोकिएको छ।
जसअनुसार कर्णाली प्रदेशमा मातृका यादव,कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य लाई जिम्मेवारी दिइएको छ।
सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुनलाई जिम्मेवारी दिइएको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो।
माओबादी केन्द्रले जनता संग माओबादी बिशेष रुपान्तर अभियान २०८० नामको अभियानबाट पार्टी सुद्धिकरणको अभियान थालेको हो। माओबादी केन्द्रले ३ महिने अभियान भाद्र १६ गते देखि मंसिर १५ सम्म सञ्चालन हुने छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा