गठबन्धन  सरकार निर्माणको नजिक पुगिसकेका छौंः प्रकास ज्वाला

गठबन्धन सरकार निर्माणको नजिक पुगिसकेका छौंः प्रकास ज्वाला

मंसिर २२, सल्यान 

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं सल्यानका नवनिर्वाचित प्रतिनिधी सभा सदस्य  सांसद  प्रकाश ज्वालाले  गठबन्धन दलकाे सरकार निर्माणको नजिक पुगेका वताएका छन।

विज्ञापन

एमालेसँग तत्काल वार्ता, संवाद र सहकार्य नहुने बताएका  ज्वालाले लाेकतान्त्रिक वाम गठबन्धन दलका नेताहरूका पहिलेकै सहमति अनुसार  सरकार निर्माण हुने बताएका हुन।

चुनावमा एउटा गठबन्धनमा सहकार्य गर्ने, अहिले आ आफ्नो बाटो लाग्नु राजनीतिक नैतिकता नभएकाे दावी गर्दै  ज्वालाले  गठबन्धन दलहरुकै बीचमा सहमति  हुने बताए।

तत्कालका लागि सबै वाम दल मिलेर सरकार बनाउने स्थिति हुन्छ भन्ने लाग्दैन,’ एक टेलिभिजनसङ्ग कुरा गर्दै ज्वालाले भने ।

प्रधानमन्त्री पदलाई लिएर गठबन्धनमा केही समस्या नआउने दाबी  गर्दै  ज्वालाले  ‘पाँच दलीय गठबन्धन सिंगो रहन सकेन । जसपा अलग रुपमा गएकाले अपेक्षा अनुसार परिणाम आएन । तर साना दलहरुसमेत मिलाएर बहुमत पुग्छ । सरकार गठनका लागि छलफल प्रारम्भ भएको छ ।

मिलेर जाने सैद्धान्तिक र नीतिगत सहमति भएको र  सम्भावना   सरकारकाे नेतृत्व गर्ने  प्रचण्ड वा  शेरबहादुर देउवाकै  भएकाे बताए । तर गठबन्धनमा कुनै दरार नआउन दिन ’ प्रमुख संवैधानिक पद र प्रदेश सरकार समेत गरी प्याकेजमा पावर सेयरिङ हुने पनि उनले बताए ।

तपाईंको पार्टीको त हरिबिजोग भयो नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘राष्ट्रिय दलको मान्यता दिलाउन हाम्रो अतिरिक्त प्रयत्न र मिहिनेत हुनुपर्थ्यो, सक्रियता र गम्भीरता हुनुपर्थ्यो, त्यो हुन नसकेको म स्वीकार्छु । समानुपातिक मतगणनामा केही बदमासी भएको आशंका छन् । राष्ट्रिय दल हुन थोरै मत नपुग्नुले नमिठो अनुभव भए पनि हामी संसदमा सशक्त र प्रभावकारी उपस्थितिका साथ अघि बढ्ने ज्वालाले बताए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता