राेल्पा प्रदेश सभा (ख) वाट स्वतन्त्र उम्मेदवार दिपेन्द्र कुमार पुन (सिजल) विजयी

राेल्पा प्रदेश सभा (ख) वाट स्वतन्त्र उम्मेदवार दिपेन्द्र कुमार पुन (सिजल) विजयी

मंसिर ७ राेल्पा

राेल्पा प्रदेश सभा २बाट स्वतन्त्र उम्मेदवार  दिपेन्द्र कुमार पुन (सिजल) विजयी भएका छन।

विज्ञापन

राेल्पा बाट माओबादी केन्द्रकाे सक्रिय राजनिती गर्दै आएका पुनलाइ टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

पुनले गठबन्धनका साझा उम्मेदवार अमर सिहँ पुन लाइ पराजित गरेका छन।

सिजलले स्वतन्त्र रुपमा पानीकाे धारा चुनाव चिन्ह वाट निर्वाचनमा हाेमिएका उनले १४ हजार ९ सय २७ मत प्राप्त गरी विजयी भएका हुन।

उनका निकटतम प्रतिद्धन्दी गठबन्धका उम्मेदवार अमर सिहँ पुनले १० हजार ४ सय ६ प्राप्त गरेका थिए।

पूर्व जनमुक्ती सेनाका कुशल कमान्डर पुन महान जन युद्धका  घाइते योद्धा  तथा जिउँदाे  सहीदका रूपमा उनि चिनिदैं आएका छन।

माओबादीबाट बिद्राेही गरी स्वतन्त्र उम्मेदवारका रुपमा विजयी हुनेमा सिजल दाेस्राे भएका छन।

याे भन्दा पहिले रुकुम पूर्व बाट बिद्राेह सुरुल पुन अजयशक्तिले गठबन्धनकाबाट उम्मेदवार बनेका माओबादी केन्द्रका तेज बहादुर वलीलाइ पराजित गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता