माओवादी केन्द्रका उम्मेदवार रेखा शर्मा एमाले महासचिव शंकर पाेख्रेल भन्दा १५ सय मतले अगाडी

माओवादी केन्द्रका उम्मेदवार रेखा शर्मा एमाले महासचिव शंकर पाेख्रेल भन्दा १५ सय मतले अगाडी

मंसिर ६ दाङ्ग

दाङ प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रेखा शर्माले मतान्तर बढाउँदै लगेकी छिन् ।

विज्ञापन

एमाले महासचिव शंकर पोखरेललाई १ हजार ५ सय ८२ मतले पछि पार्दै शर्माले अग्रता कायम राखेकी छिन् ।

१८ हजार ३ सय ८० मत गणना गर्दा शर्माले ७ हजार ५ सय १३ मत प्राप्त गरेकी छिन् भने पोखरेलले ५ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी ३ हजार ३ मतका साथ तेस्रो स्थानमा छन् ।

क्षेत्र नं. २ मा ७९ हजार ४ सय ४६ मत खसेको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता