रुकुम पश्चिममा मतगणना सुरु

रुकुम पश्चिममा मतगणना सुरु

मंसिर ६ रुकुुम पश्चिम

रुकुम पश्चिमको मतगणना सुरु भएको छ ।

विज्ञापन

बिहान ७ बजेबाट सुरु गर्ने भनिएको मत गणना केही समय ढिला गरि सुरु गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वदलिय बैठकको निर्णय अनुसार बिहान ८ :४०मा मतगणना सुरु गरिएको बताएको छ ।
जिल्लाको बाँफिकोट गाउँपालिकामा रहेको विरेन्द्र मावि. को मतपेटिका गन्न थालिएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा क को मतगणना छुट्टाछुट्टै सुरु गरिएको छ ।

माओबादी केन्द्रकाे आधार क्षेत्रकाे रुपमा हेरिएकाे रुकुम पश्चिममा  यस पाली नेपाली काँग्रेसले  गठबन्धनमा साथ दिएकाे छ।

गत २०७४ सालकाे प्रतिनिधी तथा प्रदेश सभामा एकल रुपमा जित  हात पारेकाे थियाे।

माओबादी केन्द्रले  याे पटक पनि एक प्रतिनिधी तथा दुइ प्रदेश सभामा गठबन्धनका तर्फबाट माओबादी केन्द्रका उमेदवारहरू अगाडी सारेकाे छ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता