छत्रेश्वरीमा गठबन्धन दलकाे चुनावी सभा सम्पन्न

छत्रेश्वरीमा गठबन्धन दलकाे चुनावी सभा सम्पन्न

कार्तिक २४ सल्यान

गठबन्धन दलकाे चुनावी सभा छत्रेश्वरि गाँउपालिका वडा नं २ मा सम्पन्न भएको छ।

विज्ञापन

सयुक्त गठबन्धन दल निर्वाचन परिचालन समिती छत्रेश्वरी २ नं वडाकाे आयाेजनामा गठबन्धन दलकाे चुनावी सभा सम्पन्न भएकाे हाे।

सभाका प्रमुख अतिथि डिल्लीराज रेग्मीले सभालाई सम्बाेधन गर्दै गठबन्धन नयाँ आन्दोलन भएकाे ठाेकुवा गरे।

प्रतिगमनकारी राजनीति दल तथा त्यसका मतियार हरु मंसिर ४ बाट सधाका लागि अन्त्य हुने बताए ।

अहिले राष्ट्रिय राजनीति फरक संकटमा रहेकाे र नेपाली जन्ताकाे बलिदानलाई बलात आक्रमण गर्ने र सुरक्षा गर्नेहरुकाे लडाइँ भएकोले गठबन्धन दलमा रहेका राजनीति पार्टीका नेता कार्यकर्ता गठबन्धन विरुद्ध लागे राजेन्द्र बहादुर शाह जस्तै पुतली हुने दावी गरे।

सभामा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा समानुपातिक उमेदवार टिका बुढाथोकी झरणा ले जनयुद्ध जनआन्दाेलन मधेस आन्दोलन हाेस वा प्रतिगमनकारी हरुलाई सिहँदरवार वाट बालकाेट पुर्‍याउने आन्दोलन हाेस देशकाे राष्ट्रिय संकटमा नेपाली काँग्रेस ,माओबादी केन्द्र ,समाजबवदी दल आज नेपाली जनताकाे जनअधिकार लाई कुठाराघात गर्ने बिरुद्ध मंसिर ४ सम्म मात्रै हैन राष्ट्रिय हितमा सधैं एक हुने वताईन।

राजनीति दलका नेता हरि केसी चित्र बहादुर केसीले सम्बाेधन गरेकाे सभामा प्रदेश सभा ख गठबन्धन दलका साझा उमेदवारले सहिद पार्क सहिद परिवार बेपत्ता परिवारका समस्या सग सधैं नजिक हुदै समग्र नागरिकका जनजिविकाका विषयमा गठबन्धन दलका नेता र २ नं वडाका नागरिक संग छलफल गरेर मात्रै बिकास गर्ने प्रतिबद्धता जनाए ।

,नेताहरुले सम्बाेधन गरेकाे सभामा एकीकृत समाजबादीका केन्द्रीय सदस्य प्रदेश सभा समानुपातिक उमेदवार शारदा परियार,माओबादी केन्द्र कर्णाली प्रदेश समिति सदस्य चित्र बहादुर केसी, प्रेमबहादुर खडका,एकीकृत समाजबादी केन्द्रीय सल्लाहकार सदस्य तथा प्रतिनिधि सभा समानुपातिक उमेदवार प्रेमा अधिकारी नेपाली काँग्रेस प्रदेश कार्यसमिति सदस्य सीता मल्ल ,समाजबादी जिल्ला कमिटी उपाध्यक्ष हरी केसी, उपाध्यक्ष राम खडकी,नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य साबित्रा बस्नेत, सुशील शाह,सन्तोष सेन,दिल्ली प्रसाद जैसी,दिलमान चन्द,काे बिशेष उपस्थिति रहेकाे सभामा निर्वाचन परिचालन सह संयाेजक प्रेम बहादुर भण्डारीकाे स्वागत मनतब्य संयाेजक चन्द्र प्रकास केसीकाे अध्यक्षता रहेकाे कार्यक्रमकाे सञ्चालन गठबन्धन दलकाे २ वडा ईन्चार्ज भिम बहादुर परियाले गरेका थिए।

कार्यक्रममा आमा समुहले स्वागत गरेकाे सभामा जिल्ला कलाकारकाे टाेलीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता