सुर्खेतमा आरन व्यवसायीहरुको प्रथम जिल्ला सम्मेलनः अध्यक्षमा उदीराम चनारा
बैशाख ३० सुर्खेत
सुर्खेतमा पहिलो पटक आरन व्यवसायीहरुको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ।
बालीघरे पेशा व्यवसायमा छरिएर रहेका दलित समुदायका आरन ब्यबसायीहरुको हक हितका लागि संगठन निर्माण गर्ने उदेश्यले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक आरन ब्यवसायीहरुको जिल्ला सम्मेलन सम्पन्न भएको हो।
कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि दुर्गा बहादुर रावतले सम्मेलनको उद्घघाटन गर्दै हिजो गरिखानेलाइ ठगीखाने चलन थियो जसले ठग्न सक्यो त्यही समाजको ठुलो बडो हुने राज्य सत्ता भएकाले दलित समुदायलाइ राज्यले नै बालीघरे बन्न बाद्य बनाएको बताउनु भयो।
अहिले त्यस्तो नभएको र गरिखानेलाइ सम्मान गर्ने ब्यबस्था नै संघिय लोकतान्त्रिक ब्यबस्था भएको जीकीर गर्नु भयो।
श्रमिक बर्ग प्रति नै आफ्नो झुकाव भएका कारणले आज दलित समुदायका आरन व्यवसायीहरुको प्रथम सम्मेलन उद्घघाटन गर्न पाउदा खुसी लागेको बताउदै दलित समुदायका राजनैतिक बिचारधारा आ आफ्नो होलान तर सवाल र मुद्धामा एकाबद्ध हुनु पर्ने सन्देश आरन व्यवसायीहरुको प्रथम जिल्ला सम्मेलनले दिएको र सवाल र मुद्दामा एकबद्ध हुन आग्रह गर्ने भयो।
कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सरकारका जलश्रोत तथा उर्जा विकास मन्त्री रनसिहँ परियारले श्रमिक समुदायले नै समाजबादको आधार तय गर्ने भएकोले सरकारमा हुदा वा नहुँदा आफु दलित समुदायको पक्षमा निति नियम र कानुन बनाउन पहल गर्ने बताउनु भयो।
मन्त्री परियारले अहिले कर्णालीको कोमामा रहेको दलित सशक्तीकरण ऐन लाइ पुनरजिवन दिन आफु सरकारबाट सक्रिय साथ लागेको बताउनु भयो।
दलित समुदाय बिना सर्टिफिकेटका इन्जिनियर हुन जसका कारणका समाज चल्यो तर पानी नचल्ने ब्यबस्थाको अन्त्य गर्न पनि श्रमिक समुदायले घरेलु हतियार निर्माण गरि आन्दोलनमा एकताबद्ध भएको स्मरण गर्दै दलित समुदायको कामका आधार र पेशाका आधारमा प्रमाणपत्र दिने कानुन बनाउन प्रदेश सरकारमा पहल र खवरदारी गर्ने बताउनु भयो।
अहिलेको वर्तमान समयमा दलित समुदाय पेशाका रुपमा बिभेदित तथा बालिघरेमा बाँच्न बाद्य भएको र राज्यको ध्यान नपुगेको समयमा आरन ब्यबसायीहरुको सम्मेलनबाट राज्यको ध्यानार्षकण गर्न सम्मेलन आयोजना गरिएको सम्मेलन आयोजक समिति अध्यक्ष रुकम बहादुर विश्वकर्माले जानकारी दिनुभएको छ।
सम्मेलनमा उद्योग ग्राम अध्यक्ष उदीरा डाँगी बर्म एडि, दिने चँदारा, नेपाल घरेलु उद्योग महासंघ केन्दीय सदस्य चन्द्र बहादुर विसी, बैकल्पी उर्जा केन्दीय सदस्य कृष्ण प्रसाद ढकाल, बिर बहादुर गहतराज, रेशा तथा उल्लो उद्योगका अध्यक्ष सुझाव ढकालको विशेष उपस्थिति रहेको सम्मेलनबाट उदीराम चनाराको अध्यक्षतामा आधुनिक कृषि औजार उपकरण निर्माण व्यवसाय संघ सुर्खेतको ११ सदस्यीय समिति निर्वाचित भएको छ।
जसको उपाध्यक्षमा खडक विक टमटा,उपाध्यक्ष मनिसरा बिक, सचिव दिपक बिक, कोषाध्यक्ष करसिह नेपाली,सदस्यहरुमा भिम बहादुर कामी, राम सुनार, नरेश कसेरा,रने सुनार, समर बहादुर कामी कृष्ण बहादुर,विक चयन हुनुभएको छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा