सल्यानमा श्रीमतीको हत्या पछि श्रीमान मृत फेला

सल्यानमा श्रीमतीको हत्या पछि श्रीमान मृत फेला

बैशाख ३० सल्यान

सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा  श्रीमतीको हत्या पछि श्रीमान मृत फेला परेका छन।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन् ।

श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

कार्कीका अनुसार श्रीमती कमलाको शव माथिल्लो तलामा घाटी काटिएको अवस्थामा फेला परेको र श्रीमान मनोत तल्लो तलामा झुण्डिएको अवस्थामा फेला परेका छन्।

प्रहरी प्रमुख कार्कीकै नेतृत्वमा घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता