गुल्मी सिमिचौर समाज रुपन्देहीको तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न ।

गुल्मी सिमिचौर समाज रुपन्देहीको तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न ।

बुटवल -गुल्मी सिमिचौर समाज रुपन्देहीको आयोजनामा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तिजको शुभकामना आदानप्रदान गर्ने हेतुले तिज मिलन तथा दर खाने कार्यक्रम गरिएको तीज कार्यक्रम संयोजक लक्ष्मी रानाले जानकारी दिनुभएको छ । गुल्मी जिल्लाको सिमिचौरवाट विभिन्न सिलसिलामा रुपन्देहीमा वस्नेहरुलाई एकिकृत गर्ने उद्देश्यले स्थापीत गुल्मी सिमिचौर समाज रुपन्देहीले प्रत्यक वर्ष तीज मिलन तथा दर खाने कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा डा. सुमित्रा घिमिरेको प्रमुख आथित्यता, विशिष्ठ अतिथि गंगा अर्याल, विशेष अतिथि सल्लाहकार संयोजक जोग बहादुर खत्री,अतिथिहरुमा संस्थापक अध्यक्ष मोहनलाल पाण्डे, पूर्व अध्यक्ष नेत्र बहादुर वस्नेत, निवर्तमान अध्यक्ष मान बहादुर के.सी (सुमन), सामाजिक सल्लाहकार लुम बहादुर बस्नेत, प्रेस सल्लाहकार किसन वराल प्रशाशनिक सल्लाहकार राम बहादुर थापा अन्य अतिथिहरुमा फोटो पत्रकार चिन्तामनी घर्ती रोमनाथ अर्याल जेष्ठ नागरिक चन्द्रमणी पाण्डेय र बसुन्धरा ज्ञवाली लगायत समाजका आजिवन सदस्य आमा वुवा दाजुभाई दिदीवहिनी गरी ५ सयको संख्यामा उपस्थिति रहको थियो ।

विज्ञापन

कार्यक्रममा बोल्दै अतिथिहरुले महिलाहरूलाई हरितालिका तीजको शुभकामना दिनुभएको थियो । संस्थाका निवर्तमान अध्यक्ष मान बहादर के.सी र संस्थाका उपाध्यक्ष कृष्ण कार्कीले हरितालीका तीजको शुभकामना दिदै बर्षको एक पटक आउने तीजमा मात्र नभएर वर्षभरि नै समाजले गर्ने कार्यक्रमा सक्रियताको साथ उपस्थित हुन सिमिचौर वासीलाई आग्रह गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुमित्रा घिमिरेले रुपन्देहीमा छरिएर रहेका सिमिचौर वासीलाई एकतावद्ध गरी तीज मिलन गरेर संस्कृतिको जर्गेना गरेकोमा संस्थालाई धन्यावाद ज्ञापन गर्नुभएको थियो ।

यसै अवसरमा शिक्षा क्षेत्रमा अनुकरणीय व्यक्तित्व योग मनोविज्ञानमा पिएचडी गर्ने सिमिचौरको पहिलो महिला यसै कार्यक्रमका प्रमुख अतिथि सुमित्रा घिमिरे र प्रशाशनिक क्षेत्रमा काम गर्ने गंगा अर्याललाई मायाको चिनो दिएर सम्मान गरिएको थियो । त्यस्तै १५जना गुल्मी सिमिचौर समाज रुपन्देहीको आजिवन सदस्य लिएका सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा मौलिकता झल्किने तीज गीत महिला दिदी बहिनीहरुले आफै गाएर नाचेर मनोरञ्जन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य तीज संयोजक लक्ष्मी राना र कार्यक्रमको सञ्चालन समाजका सचिव ढुण्डीराज अर्यालले गर्नुभएको थियो । कार्यक्रम ब्लुवेल पार्टी प्यालेस ड्राइवरटोलमा आयोजना गरिएको थियो ।