जिल्ला अस्पताल सल्यानमा मृगौला डाइलासीस सेवा सञ्चालन हुने

जिल्ला अस्पताल सल्यानमा मृगौला डाइलासीस सेवा सञ्चालन हुने

बैशाख ३१ सुर्खेत

जिल्ला अस्पताल सल्यानमा  मृगौला डाइलासीस सेवा सञ्चालन हुने भएको छ।

विज्ञापन

कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष ०८०।०८१बाट बजेट व्यवस्था गरि जिल्ला अस्पताल सल्यानमा मृगौला डाइलासीस सेवा सञ्चालन गरिने भएको हो।

कर्णाली प्रदेश सरकारका निवर्तमान भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माको नेतृत्वमा प्रदेश सभा (ख) का प्रदेश सभा सदस्य शुरेश अधिकारी र जिल्ला स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष प्रमोद श्रेष्ठ सहितको टोलीले  प्रदेश सरकारका सामाजिक विकास मन्त्री  वीर बहादुर शाही संग मृगौला डाइलासीस सेवा सुचारु गर्न माग गरेको छ।

मागपत्रलाइ सम्बोधन गर्न  आर्थिक बर्ष ०८०।०८१मा बजेट व्यवस्था गरि जिल्ला अस्पताल सल्यानमा मृगौला डाइलासिस सेवा सुचारु गर्ने कुरामा प्रतिबद्ध भएको  मन्त्री शाहीले बताउनु भयो।

प्रदेश सरकारका निवर्तमान कृषि मन्त्री भिम प्रकाश शर्माले स्वास्थ्य सेवा कार्यालय सल्यानको बारेमा जानकारी गराउनु भयो मन्त्री शाही भन्नुभयो प्रदेश सरकारले मृगौला पीडित विरामीको लागि सल्यान र रुकुममा  डाइलासीस सेवा सञ्चालन गर्न यो बर्ष नै बजेट ब्यबस्था गरेकाले टेन्डर प्रक्रिया अघि बढ्ने  र अर्को आर्थिक बर्षबाट मृगौला डाइलासीस सेवा सुचारु हुने जानकारी दिनु भयो।

सल्यान जिल्लामा मृगौला डाइलासिस सेवा नहुँदा जिल्लाका मृगौला पीडित  विरामीहरु डाइलासिस सेवाको लागि दाङ नेपालगंञ्ज काठमाडौं र भारत सम्म जाने गरेका छन ।

जिल्ला अस्पतालमा  मृगौला डाइलासिस सेवा सुचारु भए पुर्वि रोल्पाको गंगादेव गाउँपालिमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका सगै जिल्लाका १० स्थानिय हरुका विरामीहरुलाइ मृगौला डाइलासिस सेवाको पहुँच पुग्ने छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता