युटुबरहरु पत्रकार कि ब्यापारी ?

युटुबरहरु पत्रकार कि ब्यापारी ?

बैशाख ३१ सल्यान

हामी हाम्रो समाजलाइ कस्तो दिशा तिर लैजान्छौ र कस्तो समाज निर्माण गर्छौ भन्ने कुरा हाम्रो चेतना सोच्न सक्ने शैलि र दृष्टिकोणमा निर्धारित रहन्छ ।
हामिले अरुको दुखमा कतै झन पीडा त थपिरहेका छैनौ कतै दुख परेको बेला डिसटप गरेर उनिहरुको मनोबिज्ञानमा असर त पुर्याइरहेका छैनौ मनन गर्न जरुरी छ।
विभिन्न घटनमा मृत्यु भएका मृतका घर परिवारमा हुलका हुल युटुबरहरु पुगेर भिडियो खिच्ने मृतका परिवार दुखमा रहेको बेला जबर्जस्ती बोल्न लगाउने अनि त्यही विषयलाई हाइलाइट गर्ने यो कस्तो पत्रकारिता हो ?
कुन पत्रकार आचारसंहिता भित्र पर्छ होला ? कसैका ब्यक्तिगत कुराहरू सार्वजनिक गर्नु विभत्स तस्बिरहरु भिडियोहरु सामाजिक संजालमा राखेर कति भ्युज आउँछ कति डलर आउँछ भनेर आफ्नो मुनाफा लागि गरिने पत्रकारिता नभई गरिखाने युटुबेहरुको ब्यापार व्यावसाय हो।
यी ब्यापारी र व्यावसायिहरु बाट समाजमा दीर्घकालीन र तत्कालीन कस्तो पर्छ त्यो हामिले बुझ्न र यसलाई बहस बिषय बनाउन जरुरी छ।
पत्रकारिता समाजको बिम्ब हो सत्य तथ्य निष्पक्ष खोजमुलक सुचना सन्देश जनतामा सम्प्रेषण गर्नु पत्रकारिता र पत्रकारको कर्तव्य दायित्व र धर्म हो जनता र राज्यका बिच पुलको काम गर्नु नै पत्रकारिता हो ।
पत्रकार हु भनेर ब्यापार गर्ने कसको श्रीमती र श्रीमान बिचमा झगडा भयो भनेर खोज्दै हिडने अनि उनीहरुको ब्यक्तिगत जिबनलाइ सार्वजनिक गरि हानी पुर्याउने र समाजमा नराम्रो सन्देश फैलाउने युटुबेहरुले ब्यक्तिगत जिबन र सामाजिक जिबनमा तत्कालीन र दीर्घकालीन रुपमा पुर्याउने असरहरु देखि सचेत हुन जरुरी छ।
         सभार 
गणेश क्षेत्रीको फेसबुक वाल बाट 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता