जात साेध्नेलाइ  गायक राजु परियारकाे जवाफ

जात साेध्नेलाइ गायक राजु परियारकाे जवाफ

बैशाख ३१ सुर्खेत
लोकदोहरी गायकका बादशाह गायक राजु परियालले जात सोध्नेलाइ दिएको प्रश्नको जवाफ सामाजिक सञ्जालमा भाइरल भएको छ।
देश तथा विदेशमा लोक दोहरीका बादशाहको रुपमा परिचित परियारलाइ जात सोधे पछि गायक परियारले दिएको जवाफले यतिवेला सामाजिक सञ्चाल तताएको छ।
लोक दोहरी गायक परियारले संगीतमा प्रवेश गर्दा देखि  बिभेद विरुद्धका गीत संगित बाट  समाजलाइ चेतना दिने काम गरेका छन।
 सुनपानीलेले छर्क मायालु  रुमाल धोको छु  यो खोलीको पानी कोही नखानु मैले छोएको छु।
यस्ता गीत संगीतबाट समाजलाइ जागरण दिदै आएका परियारले यतिबेला जात ब्यबस्थालाइ आत्मसाथ गर्नेका विरुद्ध कडा जवाफ दिएका छन।
साँस्कृतिक कार्यक्रममा  गएका राजु परियारलाइ जात सोधे पछि  उनले ब्राह्मण भन्दा ठुलो भएको बताएका हुन।
कार्यक्रममा गएका राजु परियारलाइ एक जना बृद्धले सोधे बाबु  परियार भनेको कुन जात हो ?’ परियारले भने ब्राह्मण भन्दा  पनि माथी हो।
बाजे एक छिन  अलमलमा परे परियारले भने
अनि प्रश्न गरे कसरी ?’
राजुले  भिडमा  भएका ब्राह्मणलाइ देखाउदै  भने उहाँको शिरमा लगाएको टोपी  कसले सिलाएको हो ?’
दमाइ बाजेले जवाफ दिए परियारले भने ।
परियारले फेरी तिनै ब्राह्मणलाइ देखाउदै  त्यो टोपी उहाँको शिरभन्दा पनि माथी  छ ।
त्यसैले मेरो जात ब्राह्मणको भन्दा माथिल्लो हो परियारले भने।
सामाजिक चेतनाको लागि  यसरी नै जातको प्रश्न सोध्नेलाइ राजु परियारले दिएको जवाफ दिन आजको युगले जागरण दिने बिश्वास लिएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता