चाडपर्व बिशेष शुभकामना आदानप्रदान तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

चाडपर्व बिशेष शुभकामना आदानप्रदान तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

१७ कात्तिक २०७८

अम्बिका परियार

विज्ञापन

गुल्मि —चाडपर्व बिशेष शुभकामना आदानप्रदान तथा समतामुलक समाज निमार्णमा हाम्रो भुमिका विषयक प्रशिक्षणात्मक कार्यक्रम गुल्मि जिल्ला कालिगण्डकी गाउपालीकाको फोक्सीङमा दलित साझा मञ्चको आयोजनामा मङ्गलबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी सामाजिक अभियान्ता तथा प्रशिक्षक जिवन परियारले “ हिन्दु समाज रहेको नेपाल,भारत जस्ता देशहरुमा जात व्यबस्था ,राजनीतिक ,आर्थिक र सामाजिक सांस्कृतिक रुपमा कसरी जेलिएको छ भन्ने कुराको चर्चा गर्दै त्यसलाई तोड्न उत्पीडित जात र समुदायले कसरी आफनो संर्घषलाई अगाडि बढाउन सकिने विभिन्न योजनाहरु समेत बताउनु भयो । विगतमा कतिपय अबस्थामा दलित तथा सिमान्तकृत समुदायको अधिकारका लागि प्रगतिशिल हिस्साले पनि सहयोग र साथ गरेको चर्चा गर्नु भयो । नेपालमा ३५ प्रतिशत भन्दा धेरै जनसंख्या भएको जनजाति र १४ प्रतिशत भन्दा धेरै जनसंख्या भएको दलित समुदायहरु बर्तमान राज्यको संरचनामा नगन्य र चिन्ताजनक सहभागिता न्युन भएको बेलामा समाबेशिकरणले हरेक कार्यलाई अझ प्रभाबकारी बनाउदै गरेको अबस्थामा पछिल्लो समय सर्वाेच्च अदालतले जातको आधारमा आरक्षण रोक्ने निर्णयले दलित तथा सिमान्तकृत समुदाय को अधिकार माथी उपेक्षा गरेको भन्दै त्यसका बिरुद्ध सबै एक हुन जरुरी रहेको बताउनु भयो । मुक्तिको आन्दोलनमा सधै दलित तथा पछाडि पारिएका वर्ग समुदायले अग्र मोर्चामा रहेता पनि न्याय समानता र अधिकारको क्षेत्रमा सधै पछि पर्नु परेको बताउदै अब राज्यको हरेक निकायमा आफनो सहभागिता जनाउन हामी आफै अग्रसर हुनु पर्छ त्यसका लागि आर्थिक ,शैक्षिक,सामाजिक र राजनैतिकरुपमा अगाडि बढ्न सबैको हातेमालो जरुरी रहेको छ भन्दै परम्रागत पेशा व्यबसायलाई व्यबस्थितरुपमा व्यबसायिकरण गर्न सकेको खण्डमा आर्थिकरुमा बलियो बन्न सकिने कुरा प्रस्ट पार्नु भयो ।”

त्यस्तै ने.का वडा सभापति देब कुमार रानाले “समाजमा अझै पनि जातिय विभेद कायमै रहेकाले त्यसको अन्त्यका लागि शिक्षामा जोड दिदै आफना हरेक सन्तानलाई बिद्यालयमा औपचारिक शिक्षा दिनका लागि अभिभावकहरु संग आग्रह समेत दिनु भयो । ”

त्यस्तै नेकपा एमाले कालिगण्डकी का सह सचिब लिलाधर सापकोटाले “समाजमा जातिय छुवाछुतले नकरात्मक असर पारेको बताउनु भयो । विभेद न्युनिकरणका लागि आफैबाट शुरुवात गर्नु पर्ने भन्दै जातका आधारमा गरिने विभेद सामाजिक कलङ्क रहेकाले बिभेद गर्नेहरुलाई सामाजिक बहिस्कार गर्नु पर्ने तर्क राख्नु भयो ।”

कार्यक्रममा सरकारले दलित जातिका थर राख्न सकिने भनि थरहरू दशकौ अघि घोषणा गरे पनि सरकारका स्थानिय तह का कार्यालय बाट असहयोग रहि आएको धेरैको गुनासो सुनेको भन्दै वडा सचिव लाई सरकारको उक्त निर्णय र दलित जातिका थर हरू समावेश गरिएको कागजात पनि हस्तान्तरण समेत गरिएको थियो ।

कार्यक्रममा पदम ब. बिक ,कर्ण ब. थापा, ओम ब. थापा , टंक प्रसाद थापा ,संगिता सुनार लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।संस्थाका अध्यक्ष दिल बहादुर नेपाली को अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिब पुरन परियारले गर्नु भएको थियो ।