पुर्वी पाल्पाकाे रामतुलसी बिध्यालयले सुबिधा सम्पन्न मन्टेश्वरी सञ्चालन गदै

पुर्वी पाल्पाकाे रामतुलसी बिध्यालयले सुबिधा सम्पन्न मन्टेश्वरी सञ्चालन गदै

सन्जु देवि परियार पाल्पा

पुर्बी पाल्पाकै ज्येष्ठ धरोहर पहिलो बिधालय श्री रामतुलसी माध्यामिक बिधालयले शैक्षिक शत्र ०७८/०७९ बाट सुबिधा सम्पन्न मन्टेस्वरी कक्षा सञ्चालन ल्याउने बताएकाे छ।

विज्ञापन

सरकारी बिद्यालयले शैक्षिक गुणस्तर कायम गर्न नसकेकाे भन्ने गुनासाे सदाकाे लागी अन्त्य गर्न तथा बालबालिकालाई घरकै वातावरणमा शैक्षिक गुणस्तर कायम गर्न उक्त कक्षा सञ्चालन गर्न थालिएकाे हाे।

३ देखि ५ बर्ष मुनिका बालबालिकालाइ मध्यनजर गर्दै प्लेग्रुप , नर्सरी देखि एल केजि र यु केजि एकैसाथ भएको सुबिधासम्पन्न मन्टेस्वरी सन्चालनमा ल्याउने तयारिमा रहेको हो बिद्यालयले जनाएकाे छ ।

बालबालिकाको सिकाइ केन्द्र नै भनेकाे पहिलाे घर हाे भने दाेस्राे पाठशाला बिध्यालय हाे त्यसमा पनि मन्टेश्वरी तथा बालकिकासकाे महत्वपुर्ण भुमिका रहेकाे छ। बालबालिकाकाे उमेरतह अनुसार पाठ्यक्रम तथा पाठ्यबस्तु अनुसारकाे शिक्षा हुनुपर्दछ भनेर उमेरकाे हिसाबले पढाईमा ढिलो नहोस भनी प्लेग्रुप , नर्सरी छुट्टाछुट्टै कक्षा र एल केजि , यु केजि एउटै कक्षामा मिसाएर एकैसाथ पढाई हुने गरि ६ बर्ष नलाग्दै कक्षा १ मा भर्ना गर्न मिल्ने गरि मन्टेस्वरी सन्चालन्मा ल्याउन लागेको हो।

निजि बिद्यालयहरुमा मन्टेश्वरी सञ्चालन भएपनी सरकारी स्कुलमा पुर्ब बाल बिकास कक्षाहरुको नामले सन्चालनमा ल्याइने यो भने पहिलो बिध्यालय हो ।बिध्यालयले पढाईको गुणस्तर , भौतिक संरचना अब्बल गराउने र बर्णण गर्न लायक गराउने लगायत पाल्पा जिल्लाकै नमुना बनाउने उदेश्यका साथ पुर्ब बाल बिकास कक्षा अथवा मन्टेश्वरी सन्चालनमा ल्याउने बिद्यालयले जनाएकाे छ।

बिधालयले यस बर्ष १ देखि १० कक्षा सम्मको भर्ना सुरु भैसकेको छ , आर्थिक अवस्था नाजुक भएकै कारण भर्ना हुन , किताब किन्न र ड्रेस किन्नका लागि असमर्थ भएका बिध्यार्थी हरुका लागि निशुल्क भर्ना , ड्रेस र किताब समेत बिधालयले दिने ब्यबस्था गरेको छ।

“पुर्ब बिधालय ब्यबस्थापन समितिका अध्यक्ष लागायत अन्य सदस्य हरु संग बसेर पुराना संरचना लाई भत्काइ नयाँ संरचना निर्माण सम्बन्धी याेजना निर्माणबाट नमुना बिद्यालयकाे रुपमा चाैथाे बर्षामा प्रबेश गरेकाे सन्धर्भमा मन्टेश्वी अर्काे नमुना काम हुने बताएकाे छ।

१२ वटा जिल्लाको २ सय २२ बिद्यालय मध्ये रामतुलसी बिद्यालय नमुना बिद्यालयकाे रुपमा ३५ नमुना बिद्यालय भित्र परेको छ। त्यस बिद्यालयमा केही भौतिक सुचकहरु पुरा गर्न बाँकि रहेकाे तथा यस बर्ष अत्याधुनिक सुबिधा भएको ल्याब सन्चालनमा ल्याइएकाेले सबै बिध्यार्थीहरु आर . सि . सि. कक्षामा पुग्नेछन , यसका लागि २८ लाख बराबरको सामान खरिद गरिएकाे र हरेक कक्षामा मिनि पुस्तकालय राखी विभिन्न तहगत कक्षाहरु सन्चालन भैरहेकाे यस बिद्यालयमा यस बर्ष देखि नै पाल्पा जिल्लाकै पहिलो रुपमा STEM lab सन्चालन भएकाे बिद्यालयले जनाएकाे छ। ,

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता