आधारभुत पत्रकारिता तालिम सम्पन्न

आधारभुत पत्रकारिता तालिम सम्पन्न

बुटवल – आवाज विहिनहरुको आवाजलाई बुलन्द बनाउने उद्देश्य सहित जागरण मिडिया सेन्टरको आयोजनामा ३ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा बोल्दै सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलबस्तुका उपाध्यक्ष त्रिलोचन घिमिरेले समाज परिवर्तनको सशक्त माध्यम पत्रकारिता र सञ्चार माध्यम भएकाले तालिममा सिकेका कुरालाई व्यबहारमा लागु गर्नुपर्ने बताए । पत्रकारिता पेशामा अवसर सँगै चुनौती पनि आउने भएकाले चुनौतीको सामना गरि भुईतहका आवाजलाई सरकार र सम्बन्धित निकायमा पुरर्याउन समन्वयकारी भुमिका खेल्न सक्ने बन्न तालिममा सहभागीहरुलाई आग्रह समेत गरे ।

विज्ञापन

त्यस्तै जागरण मिडिया सेन्टरका कोषाध्यक्ष तथा प्रशिक्षक पत्रकार शुसिल दर्नालले आवाज विहिनहरुको आवाजलाई सशक्त रुपमा बाहिर ल्याउन र समाजमा रहेका हरेक प्रकारका असमानता ,विभेद र अन्यायका विरुद्ध आवाज उठान, कलम चलाउनका निम्ती बेलाबेलामा जागरण मिडिया सेन्टरले तालिम, गोष्ठि तथा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरेको बताए । जागरणले दिएको पत्रकारिता तालिममा सहभागि बनेर अहिले स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न सञ्चार माध्यमहरुमा सयांै पत्रकारहरुले काम गरिरहेको भन्दै अहिले पनि सहभागिहरुमा उत्साह र जाँगर रहेकोले त्यसलार्ई जिवन्त राख्न आग्रह गरे । तालिममा प्राप्त ज्ञान , सिप र दक्षतालाई व्यवहारमा लागु गर्नु पर्ने दर्नालको भनाई छ ।

तालिम संयोजक बिर बहादुर नेपालीले सहभागिहरुलाई छोटो समयमा सिकाईलाई महत्वपुर्ण रुपमा लिई हरेक क्रियाकलापहरुमा उत्साहजनक सहभागिता जनाएकोमा धन्यवाद समेत दिएका थिए भने आगामि दिनमा यस्तै तालिमहरुको आयोजना गरि अझ बढि कुराहरु सिकाउने भन्दै त्यसका लागि अब समाजमा रहेका हरेक बिषयबस्तुको उठान गरि समाचार लेखि स्थानिय पत्रपत्रिका, रेडियो र अनलाईनहरुमा प्रकाशन गर्न सहभागिहरुलाई सुझाव समेत दिएका थिए ।

त्यस्तै सहभागिको तर्फबाट बोल्दै उमा रसाली र राजकुमार हरिजनले ३ दिनको तालिमले आफुहरुमा आत्मबल बढ्नुका साथै क्षमता अभिवृद्धि भएको भन्दै समग्रमा तालिम सोचे भन्दा पनि फलदायी भएको उनीहरुले बताए ।

३ दिने आधारभुत पत्रकारिता तालिमका विषयहरुमा आम सञ्चार, सञ्चार पत्रकारिताको अवधारणा, सुचनाको हक ,आचार संहिता, समाचार वाचन ,लेखन ,सम्पादन, रेडियो पत्रकारिता, अन्र्तवार्ता र पत्रकारिता क्षेत्रको अनुभव आदान प्रदान लगायतका रहेका थिए ।
कपिलबस्तु जिल्लाको होटेल माछापुच्छ्रे जितपुरमा चैत्र १० देखि १२ गते सम्म सञ्चालन भएको तालिममा पत्रकार शुसिल दर्नाल, कार्यक्रम संयोजक बिर बहादुर नेपाली, कृष्ण दर्नाल र अम्बिका परियारले तालिमको सहजीकरण गरेका थिए भने दाङ,कपिलबस्तु ,अर्घाखांची,पाल्पा र रुपन्देहीका १७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेका थियो ।