ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कर्णाली प्रदेश सरकारको मन्त्री बने रनसिंह परियार

कर्णाली प्रदेश सरकारको मन्त्री बने रनसिंह परियार

बैशाख १२ सुर्खेत

कर्णाली प्रदेश सरकारको मन्त्री परिषदमा  हुम्ला निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष निर्वाचित रनसिहं परियार कर्णाली प्रदेश सरकारको मन्त्री पदमा नियुक्ती भएका छन।

विज्ञापन

२०७९मा सम्पन्न भएको  प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका मंगलबहादुर शाहीलाई १ हजार ८सय ५१ मतले पराजित गर्दै कर्णाली प्रदेश सभामा प्रवेश गरेका परियारले  मन्त्री पद तथा गोपनियताको  कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट आजै  सपथ खाएका छन।

हुम्ला निर्वाचन क्षेत्र नं १ प्रदेश सभा क बाट निर्वाचित परियार कर्णाली प्रदेश सभा सदस्यको २४ सिटमा निर्वाचित एक्लो दलित प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन।

कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फका २४ सिटमा निर्वाचित हुने एक्ला दलित प्रतिनिधिमा पर्दछन्, हुम्लाका रणसिं परियार । उनै परियारलाई नेकपा माओवादी केन्द्र संसदीय दलले बुधबार मन्त्री बनाएको छ ।

कर्णाली प्रदेश सरकारको मन्त्री परिषद विस्तार हुन बाँकी रहेकाले मन्त्री परियारलाई अहिले मन्त्रालयको जिम्मेवारी कुनै पनि जिम्मेवारी तोकिएको छैन।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलको प्रमुख सचेतको जिम्मेवारी समालेका परियार माओवादी केन्द्र केन्द्रीय सदस्य तथा नेपाल दलित मुक्तीमोर्चा केन्द्रीय उपाध्यक्ष हुदै मोर्चाको कर्णाली प्रदेश सह इन्चार्जको हुन।

को हुन मन्त्री रनसिहं परियार

२०३३ साल पुस १५ गते जन्मिएका परियार हुम्लाको अदानचुली गाउँपालिका–१, कल्खेका स्थायी बासिन्दा हुन् ।

भौगोलिक हिसाबले निकै पिछडिएको क्षेत्रबाट प्रत्यक्षतर्फ चुनाव लडेर मन्त्री बन्ने पहिलो व्यक्ति पनि हुन्, परियार ।

हुम्लाको राजनीतिमा यसअघि दलित मन्त्री बनेको इतिहास छैन । स्नातक अध्ययन पूरा गरेका परियारले १० वर्ष सरकारी शिक्षकका रूपमा हुम्लाका विभिन्न विद्यालयमा अध्यापन गराए ।

५० को दशक अघिसम्म कर्णालीमा चरम रूपमा जातीय र वर्गीय विभेद थियो ।

शिक्षकका रूपमा पढाउँदै गर्दा पनि आफ्नो समुदायमाथि हुने विभिन्न खालका विभेदले उनलाई पोलिरहन्थ्यो । माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला २०५९ सालमा जागिर छाडेर युद्धमा होमिए ।

स्थायी जागिर छाडेर उत्पीडित समुदायको न्याय र समानताका लागि आन्दोलनमा आफू होमिएको परियार बताउँछन् । त्यसपछि पार्टी–संगठनप्रतिको लामो समर्पण, त्याग र अनुशासनका कारण नेतृत्वले विश्वास गरेर प्रत्यक्ष निर्वाचन लड्दै मन्त्रीको पदमा पुगेको उनले बताए ।

उनी भन्छन्, ‘पहिलो कुरा त दलितहरूले प्रत्यक्ष निर्वाचन जित्दैनन् भनेर कुरा काटिन्थ्यो, प्रतिस्पर्धीहरूले सार्वजनिक मञ्चबाट नै दलित समुदायको व्यक्ति भनेर होच्याई बोलेको कुरा कसरी बिर्सन सकिन्छ र ?,’ उनी भन्छन्, ‘मेरो जीत कर्णालीका सिङ्गो दलित समुदायको जीत थियो । दलितहरूले पनि प्रत्यक्ष निर्वाचन जित्न सक्दा रहेछन् भन्ने प्रमाणित भएको थियो ।’

अति पिछडिएको जिल्ला हुम्लाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनले सदनमा हुम्लाका दैनिक समस्या, विकास र समग्र दलित समुदायको हक–हितका पक्षमा आवाज बुलन्द पार्दै आएका छन् । अब उनी प्रश्न उठाउने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेका छन् ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता