विषादी प्रयोग मुक्त सप्ताह किसान जाेड्दै प्रदेश सरकार

विषादी प्रयोग मुक्त सप्ताह किसान जाेड्दै प्रदेश सरकार

फागुन २६ सुर्खेत
गत शुक्रबार देखि प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एकीकृत प्रयाेगशालाकाे आयोजनामा प्रदेश सरकारका माननीय मन्त्री भिम प्रकाश शर्माले ज्युले उद्धघाटन गर्नुभएको पहिलोपटक विषादी प्रयोग मुक्त सप्ताको तेस्रो दिने बिषादी मुक्त सप्ताह अभियान किसान संग जाेडिएकाे छ।
सुर्खेतकाे वीरेन्द्रनगर वडा नं १ सृजना टाेलमा जैविक विषादी निर्माणका लागि समूह अभिमूखीकरण सहित आवश्यक सामग्री वितरण गरि विषादी मुक्त अभियान किसान संग जाेडिएकाे हाे।
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एकीकृत कृषि प्रयाेगशाला वीरेन्द्रनगर सुर्खेतकाे आयोजनामा(फागुन २४ देखि ३० )सम्म पहिलोपटक विषादी मुक्त सप्ताह अभियान सुरु गरे लगतै किसानकाे समुहमा पुगि वीरेन्द्रनगर १ सृजना टाेलमा रहेकाे सृजना कृषि पशुपालन समूहका २५ जना किसानलाई जैविक विषादी बनाउने ड्रम,किरा नियन्त्रणकाे लागि पासाे लगाएतका सामाग्री एकीकृत कृषि प्रयाेगशाला प्रमुख पर्शुराम रावतले समुहको अध्यक्ष खगिसरा गिरीलाई हस्तान्तरण गर्नुभएको हाे।
समुहकाे अध्यक्षलाई जैविक विषादी निर्माण सामाग्री हस्तान्तरण गर्दै कार्यालय प्रमुख रावतले समुहलाई अभिमूखिकरण गर्नुभएको छ।
किसान संग छलफल गर्दै स्थानीय स्तरमा किसानकाे बारीमा अमिलाे, पिराे र टर्याे गरि तीन किसिमका वनस्पति पाईने भएकोले स्थानीय बनस्पतिबाट जैविक विषादी निर्माण गर्न सकिने गरि किसानलाई सहजीकरण गर्नुभएको हाे।
अभियानकाे रुपमा सबैले बनाएर प्रयाेग गर्दा राेगकीरा नियन्त्रण हुने नत्र सबै किरा प्रयाेग नगरेकाे किसानकाे खेतबारीमा पुग्ने र कृषि उत्पादनमा ह्रास अाउने भएकोले अभियानकाे रुपमा सबैले जैविक विषादी समुहका सबै किसानले बनाउनु पर्ने जानकारी दिनुभयो ।
नेपाल सरकारले सन २०१३ देखि विषादी मुक्त अभियान सुरु गरेकाे भएता पनि कर्णाली प्रदेसरकारले पहिलोपटक किसान तहमा पुग्ने गरि विषादी मुक्त सप्ताह सुरु गरेकाे बताउनुभयो ।
कर्णाली प्रदेश सरकारले घाेषणा गरेकाे अर्गानिक प्रदेशको कार्यान्वयन गर्न किसान संग भएको अनुभव स्थानीय कच्चापदार्थ र प्रविधि र प्राविधिक जनशक्ति प्रयाेग गरि राेगकिरा नियन्त्रण गर्न र रासायनिक विषादी प्रयाेग न्युनिकरण गर्न प्रदेश सरकारले किसान संग हातेमालो गरेकाे र एकीकृत कृषि प्रयोगशालाबाट किसानहरु संग भएको समस्या समाधान गर्न प्रविधि र प्राविधिक जनशक्ति सहयोग गर्ने बताउनुभयो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता