नागरिकको खाद्य सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री शर्मा

नागरिकको खाद्य सुरक्षामा प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री शर्मा

फागुन २४ सुर्खेत

नागरिकको खाद्य सुरक्षामा कर्णाली प्रदेश सरकार प्रतिबद्ध भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री  भिम प्रकाश शर्माले बताउनु भएको छ।

विज्ञापन

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बिहिवार प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आयोजनामा आयोजना गरेको ‘विषादी प्रयोगमुक्त सप्ताह–२०८०’  (२४ फागुन देखि फागुन ३०) को प्रभातफेरी कार्यक्रममको कोण सभामा नागरिकको खाद्य सुरक्षामा कर्णाली प्रदेश सरकार प्रतिबद्ध भएको बताउनु भएको हो।

सुर्खेतको बुलबुले हाटबजार मंगलगडी चोक हुदै वीरेन्द्रचोक  परिक्रम गरी पिपलचौतारमा कोण सभामा परिणत भएको कोण सभालाइ सम्बोधन गर्दै मन्त्री शर्माले कर्णाली प्रदेश सकारले अर्गानिक कर्णाली कर्णाली प्रदेश घोषणाको कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले पहिलोपटक विषादी प्रयोगमुक्त प्रदेश निर्माणका लागि ‘घातक विषादी मुक्त संसार स्वस्थ जीवन पर्यावरणको आधार भन्ने मुल नाराका पहिलो पटक कर्णाली प्रदेशमा सप्ताह सुरु गरेको बताउनु भयो।

मानव स्वास्थ्य सगै पर्यावरणीय असरको रुपमा रहेको विषादी प्रयोगमा न्युनिकरण गर्न प्रदेश सकार कर्णालीका नागरिकमा प्रतिबद्ध भएकोले २०७४ माघमा कर्णाली प्रदेश सरकार गठनपछि भएको पहिलो मन्त्रिपरिषद बैठकले प्रदेशलाई ‘अर्गानिक प्रदेश’ बनाउने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो।

मन्त्री शर्माले भन्नुभयो  अर्गानिक कर्णाली प्रदेश बनाउन अबको बाटो, लगानीको आधार, लगानीको सुनिश्चितता, निजी क्षेत्र र दातृ निकायको भूमिका महत्वपुर्ण भएकोले विषादी न्युनिकरण गर्न सरकार र नागरिकको  सबैको साझा अभियान बन्नु पर्ने बताउनु भयो।

कर्णाली प्रदेश सरकारले आयात हुने नाकाहरू सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा कृषि तथ्याङ्क व्यवस्थापन सहित विषादी परीक्षण केन्द्र स्थापना गरि  नागरिकको  खाद्य अधिकारमा प्रतिबद्ध भएकाले अर्गानिक कर्णाली प्रदेश बनाउने योजना कार्यान्वयनका लागि प्रदेश सरकार अघि बढिसकेकोले विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने सोकारवाला निकाय सबै लाग्न आग्रह गर्नु भयो।

आवश्यक ऐन, नीति र निर्देशिका निर्माण; अर्गानिक गुरुयोजना तयारी, अर्गानिक कृषिको स्तर एवं क्षेत्र निर्धारणको काम प्रदेश सरकारले गरेको मन्त्री शर्माले जानकारी दिदै कम्पोस्ट मल तथा जैविक कीटनाशक उत्पादनको तयारी गर्न प्रदेश सरकार लागि परेको बताउनु भयो।

जैविक मल तथा कीटनाशक उत्पादन परियोजना सञ्चालन गर्न लगानी, ज्ञान, प्रविधि र प्रणाली आवश्यकता भएकाले दातृ निकाय र निजी क्षेत्रसँगको साझेदारी महत्त्वपूर्ण हुने मन्त्री शर्माले सबै साझेदार निकाय संय समन्वय गर्ने बताउनु भयो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरि प्रसाद घिमिरेले  कर्णाली प्रदेशलाई अर्गानिक बनाउन प्रदेश सरकारको भूमिकासँगै बाह्य लगानी, दातृ निकायको सहयोग, निजी क्षेत्रसँगको साझेदारी र लगानी अपरिहार्य भएकाले साझेदारी गर्न मन्त्रालय तयार भएको बताउनु भयो।

विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले  नेपालमा सन् २०१३ देखि विषादी प्रयोग मुक्त दिनका रुपमा मनाउन थालेको थियो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता