संघीय लोकतान्त्रिक गणतन्त्रलाई  यत्तिकै सडकमा छोडेर जान सकिदैनः नेता विप्लव

संघीय लोकतान्त्रिक गणतन्त्रलाई यत्तिकै सडकमा छोडेर जान सकिदैनः नेता विप्लव

फागुन २१ काठमाडौ

जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बताएका छन।

विज्ञापन

दश बर्षिय महान जनयुद्धको  प्रतिफलको रुपमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकोले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड चलेको भन्दै त्यो सम्भव नहुने बताए। आफूहरुको लक्ष्य मुलुकलाई साम्यवादसम्म पुर्‍याउने भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर जान नसकिने उनको भनाइ रहेको छ।

नेता विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका छन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान भएको बताए। उनले देशमा नायकहरुलाई अपराधीजस्तो र अपराधीहरुलाई नायकजस्तो बनाउने परिस्थिति रहेको बताए।

‘संघीय लोकतान्त्रिक गणतन्त्र भनेको जनयुद्ध, जनआन्दोलन, नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान भएको बताएका छन।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता