युद्ध सञ्चार वाहक भट्टराई (क.सन्तोष )काे ५८ बर्षमा मृत्युु

युद्ध सञ्चार वाहक भट्टराई (क.सन्तोष )काे ५८ बर्षमा मृत्युु

फागुन १९ गते

जनयुद्धका सञ्चार वाहक जवारीलाल भट्टराईकाे ५८ बर्षकाे उमेरमा दुःखद निधन भएको छ।
२०२२ सालमा कालिकाेट माहबै गाउँपालिका वडा नं ७ मा जन्मनुभएका कालिकाेट जिल्ला महावै गा पा वडा नं ७ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वडा समिति अध्यक्ष तथा जनयुद्धका सञ्चार वाहक ज्वहारलाल भट्टराईको फागुन १८ गते उहाँकै निवासमा दुःखद निधन भएको हाे।
कम्युनिस्ट आन्दोलनमा २०३८ साल देखि जाेडिनुभएका भट्टराई उत्पीडित बर्ग समुदायको वकालत गर्ने एक ब्यक्ती भट्टराई राना, राजाकाे निरंकुशता विरुद्ध आन्दोलन गर्नुभएको थियोे ।
२०४८ सालमा जनमाेर्चा नेपाल हुँदै २०५२ साल देखि माओवादी आन्दोलनमा सञ्चार वाहककाे रुपमा करिव ७ बर्ष सम्म कमाण्डरकाे रुपमा कार्य थालनी गर्नुभएको थियोे ।
२०५७ साल देखि कालिकोट जिल्ला वाट ७ जना टाेलीलाई कमान्ड गरेर जाजरकोटकाे थालबाट सञ्चार हेडक्वाटर बनाएर काम थालेका भट्टराई पटक पटक आर्मीकाे घेराबन्दी ताेड्न सफल हुनुभएको थियोे ।
२०५७ सालमा ८ महिना जाजरकोटकाे थालबाट काम गर्नुभएका भट्टराईले सुर्खेत, दैलेख, कालिकोट,जाजरकोट,जुम्ला,हुम्ला,जुम्ला,मुगुमा जनयुद्धको संञ्चार केन्द्र बनाएर काम गर्नुभएको थियाे।
D1 अग्रभाग जाजरकोट कालिकोट र पृष्ठभागमा जिल्ला बिभाजन गरि
D2 कालिकोट
D३ दैलेख
D4 सुर्खेत
D5 जुम्ला
D6 मुगु
D7 हुम्ला
D9 डाेल्पा
बिन्दमान बिस्ट ईन्चार्ज रहेकाे सञ्चार हेडक्वाटरकाे
२०५८मा दैलेखकाे मेलतडीमा सञ्चार गर्नु भएका भट्टराई जुम्ला जिल्लामा सञ्चारकाे काम गर्दा डिल्लिकाेटमा आर्मीकाे घेरा ताेडेकाे र हाल तिला गाउपालिका सापुल्लेका २ जना कामरेडहरुले सहादत प्राप्त गर्नुभएको थियोे ।
२०६० सालमा जनयुद्धको सञ्चार सेवामा काम गर्दै गर्दा छाेरा विरामी भएको खवर प्राप्त भएको र दैलेख बाट सुरुवा भएर कालिकोट जानुभएका भट्टराईले छाेराकाे उपचार गर्न नपाउदै छाेरा गुमाएकाे बताउनुभयाे।
जनयुद्धकाे अवस्थामा जाजरकोट अग्रभाग र अरु जिल्लालाई पृष्ठभाग बनाएर सञ्चार व्यवस्थापन गरि जनयुद्धकाे कठिन अवस्थामा युद्ध सञ्चारयात्री भट्टराई एक निष्ठावान पार्टी कार्यकर्ता हुनुहुन्थ्यो।
# मैले चिनेकाे भट्टराई
२०८० साल मंसिर १६ गते मेराे ओैपचारिक रूपमा पहिलोपटक भेटघाट भएको हाे।
मैले जनयुद्धको अनुभूति राजनीतिक अभिभावककाे रुपमा चिनेकाे भट्टराई संग सल्यान जिल्लाकाे दार्मा गाउँपालिका वडा नं ५ भालुखाेलामा हामी सगै एउटै सेलटरमा बस्ने अवसर मिल्यो।
२०८० साल मंसिर १६ गते देखि २५ गते सम्म जाजरकोट सल्यानका भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवका रुपमा सगै काम गर्ने अवसर प्राप्त हुदा जनयुद्धको स्मरण गर्दै सबैले कमान्डरकाे आदेश पालना गर्ने गरेका थियौ।
पुर्बजनमुक्ति सेना कमरेड सुमन शाही र कमरेड आकाश काे नेतृत्वमा भूकम्पबाट भत्तकिएका भंग्नावेश पन्छाउने अस्थायी आवास निर्माण कार्य तिब्र रुपमा थालनी गरेका थियोे ।
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री भिम प्रकाश शर्माको स्वकीय सचिवलाय बाट स्वंयसेवकमा जाने निर्ण अनुसार २०८० साल मंसिर १६ गते हामीले दार्मा गाउँपालिका सल्यानकाे पुनःनिर्माणकार्यमा जाेडिएका थियौ ।
माओवादी फेरि पनि स्वयंसेवक बन्न तयार हुनुपर्छ भन्ने पार्टी नेतृत्वको आदेश पालना गर्दै जनता संग माओवादी केन्द्र विशेष रुपान्तरण अभियान२०८० अन्तर्गत भूकम्प पीडित संग माओवादी स्वयंसेवक भन्ने पार्टीको निर्देशनलाई पालना गर्दै हामी दार्मा गाउँपालिका सल्यानकाे वडा नं ५काे भालुखाेलाका भूकम्प पीडित संग एकाकार भएर अस्थाई आवास निर्माण प्रक्रियामा सहयोग गर्ने अवसर सगै जनयुद्धका कमान्डर हरुसंग अन्तरघुलन हुने अवसर प्राप्त भएको थियोे ।
जनयुद्धको आधारक्षेत्र निर्माण प्रक्रिया जस्तै हाम्रो टिम भूकम्पको पुनःनिर्माणमा जाेडिएका थियौ ।
भूकम्पको पुनः निर्माणमा जाेडिनुभएका सहयाेद्धा कामरेडहरु
शुमन शाही धर्म राज शाही पचालझरण अभियान ईन्चार्ज
हरि प्रसाद पाण्डे खाँडाचक्र न पा ३,
दर्शन बिक महावै २ अाेदा
चतुरे शही महाबै १
,हर्ष राज शाही महावै ,
जवारीलाल भट्टराई महावै ७
,महानन्द चाैलागाई खाँडाचक्र ५ ,
भरत बहादुर बिक आकास सान्नीत्रिवेनी १
क सितल खाँडाचक्र १०,
राज बहादुर बिष्ट खाँडाचक्र ९
,दर्न मल्ल खाँडाचक्र ७ पिली
,कीर्ति बहादुर राना प्रमुख स्वकीय कृषि मन्त्री भिम प्रकाश शर्मा सल्यान बनगाड,भिम बहादुर परियार स्वकीय सचिव सहायक छत्रेश्वरी २ दमाचाैर१० दिन सम्म हाम्रो बसाइँमा कमरेड जवार भट्टराईले मेष बिभागकाे जिम्मेवारी समाल्नु भएको थियोे ।हामी माओवादी हिजाे राज्यसत्ता परिवर्तनको लागि स्वयंसेवक बन्याै अहिले भूकम्प पीडित सल्यान दार्मा गाउँ पालिकाका दार्माली जनताको लागि स्वयंसेवक बनेका थियौं ।
जनता संग माओवादी केन्द्र बिशेष रुपान्तरण अभियान २०८०भूकम्प पीडित संग माओवादी केन्द्रकाे पुनःनिर्माण अभियान अन्तर्गत दार्मा गाउँपालिका वडा नं ५भालुखाेलामा रिम बहादुर खड्काकाे अस्थायी आवास निर्माण कार्य माओवादी केन्द्र कालिकोटका कमरेड सुमन शाही र कमरेड आकास काे नेतृत्वको टिम र माननीय कृषि मन्त्री भिम प्रकाश शर्माकाे सचिवालयका सदस्यहरु सहित पुनः निर्माण कार्यबाट निर्माण भएका अस्थायी आवास
घर निर्माण
१ अतिराम वली (निर्माण)
२ अाशिष वली( निर्माण )
३ बिरेन्द्र खडका (निर्माण )
४ रिम बहादुर खडका (निर्माण )
५ रामु खडका (निर्माण )
६ भिउदल खडका( निर्माण )
७ वीर बहादुर खडका ( निर्माण )
८ चन्द्रबहादुर खड्काकाे ले आउट
भूकम्पबाट भत्किएका घरहरुकाे भग्नाबशेष हटाएका
१ बिरेन्द्र खडका २
२ रामु खडका
३ काली बहादुर खडका
४ अतिराम वली
५ अाशिष वली
६ रिम बहादुर खडका
७ भिउदल खडका
८वीर बहादुर खडका
९ चन्द्रबहादुर खडका
# २०८० साल मंसिर १९ गते भूकम्प प्रभावित क्षेत्र दार्मामा स्वयंसेवककाे रुपमा आउनुभएको कमरेड जवारीलाल भट्टराई संग भिम परियारले लिएको अन्तर्वार्ताकाे आधारमा आधारमा याे समाचार तयार पारिएको छ।

विज्ञापन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता