सल्यान र रुकुम पश्चिमका १० उत्कृष्ट किसान पुरस्कृत

सल्यान र रुकुम पश्चिमका १० उत्कृष्ट किसान पुरस्कृत

माघ २०, सल्यान
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइले १० जना उत्कृष्ट किसानलाई पुरस्कृत तथा सम्मान गरेको छ । परियोजनाले शनिवार एक कार्यक्रमका बिच सल्यानका ८ र रुकुम पश्चिमका २ गरि १० किसानलाई उत्कृष्ट कृषक पुरस्कार बाट पुरस्कृत गरेको हो ।
तरकारी खेती, अदुवा बेसार र चैते धान खेती गर्ने किसानलाई छनोट गरि सल्यान र रुकुम पश्चिमका किसानलाई उत्कृष्ट कृषक पुरस्कार बाट पुरस्कृत गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई सल्यानले जनाएको छ ।
पुरस्कृत हुनेहरुमा तरकारी खेती तर्फ गिरी कृषि तथा पशुपालन फर्म कपुरकोट ३ सल्यानका थमन गिरी, दाजुभाइ कृषि तथा पशुपंछी फर्म त्रिबेणी ४ सल्यानका विष्णु बहादुर रावत, न्यु रावत कृषि तथा पशुपंछी फर्म त्रिवेणी ४ सल्यानका चेत बहादुर रावत, श्रीतारा कृषि फर्म त्रिबेणी ६ सल्यान रत्न बहादुर रेउले रहनुभएको छ ।
यस्तै जनमैत्री कृषक समुह कुमाख २ सल्यानकी  कुमारी बुढाथोकि, हरियाली व्यवसायिक कृषि फर्म सिद्ध कुमाख गाउँपालिका ४ सल्यानका  महेन्द्र रोका, रुपा हरियालि कृषि फर्म बागचौर नगरपालिका ७ सल्यानका पहलमान योगि, रविन लाइभस्टक तथा एग्रो फर्म बागचौर नपालिका ७ सल्यानका खुमलाल योगि, विद्यापति पशुपंछि तथा बेमौषमी फर्म मुसिकोट नगरपालिका १३ रुकुम पशिच्मका तुलविर खत्रि, सचेत एग्रिकल्चर फर्म चौरजहारी नगरपालिका १३ रुकुम पश्चिमका तेज बटलालाई उत्कृष्ट कृषक पुरस्कार बाट पुरस्कृत गरिएको हो ।
जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल  र उपप्रमुख असबिर बुढाथोकीले पुरस्कृत हुने किसानलाई दोसल्ला र प्रमानपत्रले पुरस्कार तथा सम्मान गर्नुभयो । पुरस्कृत हुने किसानले जनही १० हजार नगदसँगै प्रमाणपत्र प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई सल्यानका प्रमुख श्रीकृष्णले न्यौपानेले बताउनु भयो ।
कृषि पेसा तर्फ आर्कषित गर्ने र हसौला प्रदान गर्ने उदेश्यले किसानहरुलाई पहिलो पटक उत्कृष्ट पुरस्कार प्रदान गरिएको उहाँले बताउनु भयो । कार्यविधि तथा मापदण्डअनुसार किसानको खेतबारीमै पुगेर अनुगमन गरि किसानहरुलाई छनोट गरिएको कार्यलयका प्रमुख न्यौपानेले बताउनु भयो ।
पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले सम्मान तथा पुरस्कारले किसानलाई हौसला प्राप्त हुने र उत्पादन वृद्धिमा टेवा पुग्ने बताउनु भयो । उहाँले पुरस्कारले किसानलाई झन काम गर्ने जोस जागर पैदा गर्ने बताउनु भयो ।
पुरस्कारले व्यवसायप्रतिको जिम्मेवारी बढाएको र हौसला प्राप्त भएको पुरस्कृत हुने किसानहरुले खुसी व्यक्त गरेका थिए ।

विज्ञापन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता