प्रदेश सभा स्थापना महान सहिदहरुले गरेको बलिदानको परिणाम होः मुख्यमन्त्री शर्मा

प्रदेश सभा स्थापना महान सहिदहरुले गरेको बलिदानको परिणाम होः मुख्यमन्त्री शर्मा

माघ २१ सुर्खेत

प्रदेश सभा स्थापना महान सहिदहरुले गरेको बलिदानको परिणाम भएको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बताउनुभएको छ।

विज्ञापन

मुख्यमन्त्री शर्माले प्रदेश सभा स्थापना दिवसको अवसरमा  शुभकामना ब्यक्त गर्दै  कर्णाली प्रदेशसभा स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा प्रदेश सभा स्थापना हुनु भनेकै महान सहिदहरुले गरेको बलिदानको परिणाम भएको बताउनु भएको हो।

कर्णाली प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुप्रति सुख, शान्ति, समृद्धि, प्रगति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दै यो गरिमामय दिनमा सार्वभौम प्रदेश सभाका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन, सहित  बधाई र सफल कार्यकालको पुनः शुभकामना व्यक्त  गर्नुभएको छ।

जुन संविधानको जगमा यो सभाको जन्म भएको छ, त्यो हजारौं महान् शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरु, लाखौं कर्मवीरहरूको त्याग, तपस्या र सङ्घर्षको परिणाम हो। व्यवस्था परिवर्तनको सन्दर्भमा महान जनयुद्ध, विभिन्न समयमा भएका जनआन्दोलन र प्रदेश स्थापनाको सन्दर्भमा बलिदान गर्नुहुने ती महान अम्मर शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै जनयुद्ध र जनआन्दोलनका क्रममा वेपत्ता हुनुभएका योद्धाहरु, घाइते, अपांगहरु, शहिद परिवारहरुमा स–सम्मान अभिवादन व्यक्त गर्नु भएको छ।

नेपाली नागरिकको लामो संघर्ष र बलिदानले नै सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो। नेपालको संघीय शासन प्रणाली मौलिक खालको शासन प्रणाली हो। संघीय शासन व्यवस्थामार्फत नागरिकका चुलिएका जनआकांक्षा पूरा गर्न हामी प्रतिबद्ध छौं। प्रदेश सरकार नागरिकको नजिकको सरकारको रुपमा स्थापित हुन सफल भएको छ। यो अवधिमा सरकार सञ्चालनका लागि चाहिने आधारभूत कानून निर्माण गर्न सफल हुँदै सहज यात्राको बाटो तयार भएको छ।

प्रदेशसभा स्थापना भएको छ वर्ष पुगेको छ। प्रदेशसभामा जनताको प्रतिनिधिबाट कानुन निर्माण र जनसरोकारका विषय राख्ने कार्य हुँदै आएको छ। प्रदेशसभाले नीतिगत रुपमा प्रदेशमा आवश्यक कानुनको तर्जुमा गरी कानुनी प्रदेशको रुपमा प्रदेशलाई स्थापित गर्नु हाम्रो कर्तब्य हो। प्रदेशसभाले प्रदेशमा सुशासनको प्रत्याभूति गराउने, प्रदेश सरकारलाई आवश्यक निर्देशन दिने, जनताका इच्छा आकांक्षालाई पूरा गर्न सरकारसंग आवश्यक समन्वय गर्ने लगायतको कार्य गरिएको छ। पार्टीगत सिद्धान्त र विषयगत प्राथमिकता फरक फरक भएतापनि कर्णाली प्रदेशको दिगो एवम् सर्वाङ्गीण विकासका विषयमा सम्पूर्ण नेतृत्वकर्मी, जनप्रतिनिधि, सेवाग्राही तथा सरोकारवालाहरु एकजुट भइ हातेमालो गर्दै अगाडि बढ्नु समयको माग र प्रमुख आवश्यकता रहेको  बताउनु भएको छ।

न्यूनतम साझा कार्यक्रमहरुको निर्माण गरी प्रदेशमा रोजगारीका अवसरको सृजना, विकास निर्माण, औद्योगिकरण, सुशासनको प्रत्याभूति, स्वाबलम्बी तथा आत्मनिर्भर प्रदेश स्थापनाका लागि प्रतिवद्ध छु। भुकम्प पहिरो जस्ता बिपद्‌बाट प्रभावित कर्णालीवासीको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता आधारभूत आवश्यकताको व्यवस्था लगायत प्रदेशको विविध सामाजिक, आर्थिक र भौतिक विकासका सम्पूर्ण प्राथमिक विषयहरुमा प्रतिपक्ष दलहरुलाईसमेत साथमा लिइ आर्थिक रुपमा सम्पन्न र सामाजिक न्यायमा आधारित लोककल्याणकारी प्रदेशको रुपमा कर्णाली प्रदेशलाई स्थापित गर्ने प्रतिवद्धता जाहेर गर्दछु।

समृद्ध कर्णाली बनाउने सोचका साथ शिक्षा स्वास्थ्य र रोजगार त्यसका लागि सुशासन र पुर्वाधार भन्ने नारा लियर प्रदेश सरकार अघि बढिरहेको  यस अवस्थामा प्रदेशको विकास र समृद्धिको बाटोवाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदानका लागि संकल्पित भएको  प्रतिबद्धता गर्दै प्रदेशसभा स्थापना दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध कर्णाली निर्माण गर्ने अभियानमा साथ दिन प्रदेशका सबै सभासद, स्थानीयतह, राजनैतिक दल, बिकास साझेदार संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील गर्नुभएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता