गैटाडबाट पशुचिकित्सक टोली फर्कियो नमुना परिक्षण गर्दा  भेडामा देखिएको समस्या महामारी नभएको पुष्टि

गैटाडबाट पशुचिकित्सक टोली फर्कियो नमुना परिक्षण गर्दा भेडामा देखिएको समस्या महामारी नभएको पुष्टि

माघ १९ सुर्खेत

अछाम जिल्ला कमल वजार वडा नं ६को गैटाडमा जुम्ला जिल्लाका किसानहरुले चरिचरणको लागि लिएका भेडामा देखिएको समस्या महामारी नभएको पुष्टि भएको छ।

विज्ञापन

गत माघ १४ गते भेडामा पखला लाग्ने पेट ढाडिने समस्या देखिएको कर्णाली प्रदेश सकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मालाइ किसान नन्द बहादुर बमले फोन मार्फत र अर्का किसान शुसिल बमले लिखित निवेदन मार्फत भेडामा देखिएको समस्या जानकारी दिए पश्चात मन्त्री शर्मा तत्काल मन्त्रालयका सचिव नरहरि प्रसाद घिमिरे र मातहतका महाशाखा प्रमुखहरुलाइ दिएको निर्देशन बमोजिम पशु चिकित्सक सहित टोली गत माघ १५ गते अछामको गैटाडमा पुगी भेडामा देखिएको समस्या नमुना परिक्षण गर्दा  महामारी नभएको पुष्टि भएको हो।

बरिष्ट पशुचित्सक राकेश प्रजापतिले भन्नु भयो हामी १५ गते बेलुका गैटाड पुग्दा भेडा पालक किसानहरु चिन्तित  हुनुहुन्थो हामीले किसान संग बुझ्दा जुम्ला जिल्ला हिमा ५ का १३ जना भेडा पालक कृषक तिला २ का १ जना किसान गरी जम्मा १४ जना कृषकले २०८० साल मंसिर १३ गते जुम्ला जिल्लाबाट आफुले पालेका भेडाबाख्रालाइ घुम्ती चरणका लागि अछाम जिल्लामा पौष ७ गते देखि हाल सम्म २०८० माघ १६ मुली, पुनेपाटा, थुम, कमलबजार, पाचुले, गैटाड, भन्ने स्थानको चरिचरण गरिरहेको बताउनुभयो।

थुम,कमलबजार, पाचुले, गैटाडको चरणमा चराउदा भेडा मर्न सुरू भएको उक्त चरण क्षेत्रमा २०६६ साल देखिभेडा बाख्रा चरण गर्दै आएको र यस्तो समस्या यो भन्दा अगाडि नभोगेको किसान नन्द रोकायाले जानकारी दिएको डाक्टर प्रजापतिले बताउनु भयो।

डाक्टर प्रजापतिका अनुसार करिव ३ सय भेडामा  मुख सुन्निने ,ढाडिने र एक दुइ दिन सम्म यो अवस्था रहने  तेस्रो दिनबाट पखाला लाग्न सुरु गरेको,मृत्यु भएका भेडा बाख्रा बाट पिसाबमा  रगत देखिने गरेको ,मृत्यु हुनेमा एक पाठा बाहेक सबै बयस्क भेडा १ देखि तिन बर्षका बढी र  १ देखि ५ बर्षका उमेर समुहका भेडा रहेको  बताउनु भयो ।

उहाँले भन्नुभयो १४ गते किसानका २ भेडा मरेको र १५ गते साँझ ४ वटा भेडा मृत अवस्थामा देखिएको।

५ भेडा पालक किसानहरुले प्राविधिक टोली पुग्नु भन्दा पहिले  भेडामा देखिएको  समस्या सामाधानको लागि उपचार कार्य गर्दा  औषधीको मात्रा कम भएको र ‌औषधी लगाउने समयभर नलगाएको  पाइएको बताउनु भयो।

डाक्टर प्रजापतिका अनुसार संक्रमित भेडामा पि.पि.आर रोगको नमुना चेकजाँचबाट  नेगेटिभ छ।मरेका भेडाहरुको अंगहरुको अवलोकन गर्दा आन्द्रामा घाउ र रगत देखिएको इन्टेरोटक्सीमिया वा घाँसको बिषादीपन भए नभएको इन्टेरोटक्सीमिया रोग निदानको लागि नमुना  केन्दिय  पशुपंछी रोग  अन्वेषन प्रयोग शालामा पठाइएको जानकारी दिनुभयो।

डाक्टरले भन्नुभयो गैटाडमा पुगि १ हजार भेडाको उपचार तथा २ भेडाको पोष्टमार्टम गरि नमुना संकलनको पशुपंछि रोग अन्वेषण प्रयोगशालाको परजिवी परिक्षण शाखाबाट भेडाको गोबर जाँच गर्दा (coccidian)  र शुक्ष्म जीवाणु परिक्षण शाखा बाट मृतक भेडाको नमुना संकलन गरि परिक्षण गर्दा इकोली ( E.koli and Bacillus spps ,strepto coccus spps)  देखा परेको बरिष्ट पशुचिकित्सक राकेश प्रजापतिले जानकारी दिनुभयो।

प्रभावित क्षेत्रमा भेडामा पि.पि.आर रोगको नमुना चेकजाँच गर्दा भेडामा पि.पि.आर  नेगेटिभ छ तर इन्टेरोटक्सीमिया भए नभएको पुष्टि गर्न नमुना केन्दिय  पशुपंछी रोग  अन्वेषन प्रयोग शालामा पठाइएको  डाक्टर प्रजापतिले बताउनु भयो।

गत माघ ३ गते देखि  चरिचरणमा गएका भेडामा देखिएको समस्याबाट १सय ५० भेडा मरेको र ३सय बढी भेडा पखला लाग्ने समस्या देखिएको थियो।

किसानको भेडामा देखिएको समस्या समाधान गर्न अहिले कर्णाली प्रदेश सरकारले करिव १ हजार २ सय भेडामा उपचार गरि  प्रयोगशाला परिक्षण बाट( cotrimox ,antibiotis) ‍औषधी  सिफारिस गरि किसानलाइ दिइएको पशुपंछी विकास महाशाखा प्रमुख प्रचण्ड खड्काले बताउनु भयो।

 

खडकाका अनुसार किसान संग २ दिन बस्यौ र भेडामा भएको समस्या बारे अध्ययन गरौ पहिले पनि किसानले पहिले पनि ‍औषधी उपचार गरेको पायौ तर किसानले ६ एमल औषधी लगाउने समयमा १ एमल दिएको समयमा औषधी उपचार नगरेको कारण भेडामा थप पखलाको समस्या सामाधान नभएको र उपचार पछि भेडापालक किसानलाइ औषधी प्रयोगको तरिका र कोल्चन व्यवस्थापन सम्बन्धी सचेतना दिएको बताउनुभयो।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता