सहिदहरुलाई फूलमालामा मात्रै समित राख्नु हुदैन : मुख्यमन्त्री शर्मा

सहिदहरुलाई फूलमालामा मात्रै समित राख्नु हुदैन : मुख्यमन्त्री शर्मा

माघ १६ सुर्खेत

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहिदहरुलाई फूलमालामा मात्रै सिमित गर्न नहुने बताउनु भएको छ।

विज्ञापन

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे आयोजनामा आयाेजित सहिदहरुलाई पुष्पगुच्छा  अर्पण कार्यक्रममा सम्बाेधन गर्दै मन्त्री शर्माले सहिदहरुलाइ फूलमालामा मात्रै सिमित गर्दा सहिद प्रतिकाे सच्चा सम्मान नहुने बताउनु भएको  हाे।

सहिदहरुकाे बलिदानबाट नेपाली जनताले १०४ बर्षिय निरंकुशता २०५ बर्षिय एकात्मक राज्य व्यवस्था परिवर्तन भएको स्मरण गर्दै सहिदहरुकाे उच्च वलिदानबाट नेपाली जनता स्वतन्त्र भएको जिकिर गर्नुभयो । देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशता विरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्नुहुने महान शहिदहरूको सम्मान गर्दा केही विरोधीहरुले अहिले व्यवस्था र सहिदहरु प्रति अपमानित हुने गरि न्दोलनबाट प्राप्त भएको स्वतन्त्रताकाे धज्जी उडाउने गरेकाले यसका विरुद्ध सबै नागरिक चनाखाे हुन  आग्रह गर्नुभयो।

नेपाली जनताको स्वतन्त्रताकाे निम्ति राणाकाल शुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरुद्धका चरणवद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेश आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत प्राप्त उपलब्धिकाे रक्षा गर्न सके मात्र सहिदहरु प्रति उच्च सम्मान हुने बताउनुभयो ।

केही लाेभी पापीहरुले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नदिने , सुशासन र देशलाई समृद्ध लैजाने महान कार्य सञ्चालन गर्दा त्यस प्रति दुस प्रचार गर्ने गरेकाले शुसासन सामाजिक न्याय  र आर्थिक समृद्धि गर्न सबै एकताबद्ध हुनुपर्ने आवश्यकता ‍‌औल्याउनु भयो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता