कर्णालीमा सकियो मतदान साढे तिन घण्टामै शतप्रतिशतले हाले भोट

कर्णालीमा सकियो मतदान साढे तिन घण्टामै शतप्रतिशतले हाले भोट

माघ ११ सुर्खेत

राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशमा  साढे तिन घण्टामै  मतदान सम्पन्न भएको छ ।

विज्ञापन

तीन सदस्यका लागि प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान प्रक्रियामा साढे तिन घण्टामा सम्पन्न भएको हो।

साढे तिन घण्टामा  सकिएको मतदानमा  शतप्रतिशतले मतदान गरेका छन ।

कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १९६ जना मतदान छन् । प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा तीन पदका लागि निर्वाचन भएको छ ।

कर्णालीमा दलित, महिला र अन्य तर्फ गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु बहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) उम्मेदवार छन् । भने एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् ।
सत्तारुढ गठबन्धनको पक्षमा ३ हजार ७७९ मतभार संख्या छ  भने एमालेको मतभार सङ्ख्या १ हजार १९५ छ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता