मन्त्री शर्माको एक वर्षकार्यकाल पुरा ३२ उपलब्धी सार्वजनिक खसी बोकाबाट ३ अर्ब रकम प्रदेशमा भित्रियो

मन्त्री शर्माको एक वर्षकार्यकाल पुरा ३२ उपलब्धी सार्वजनिक खसी बोकाबाट ३ अर्ब रकम प्रदेशमा भित्रियो

माघ १० सुर्खेत

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माको एक बर्ष कार्यकाल पुराभएको अवसरमा ३२ उपलब्धि सार्वजनिक गर्नुभएको छ।

विज्ञापन

मन्त्री शर्माले एक बर्ष कार्यकाल पुरा भएको अवसरमा बुधवार मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि मन्त्री शर्माले ३२ उपलब्धि सार्वजिनक गर्दै  प्रदेशका १०  जिल्लाबाट खसीबोकाबाट ३ अर्ब २४ करोड ४० लाख ३७ हजार रकम प्रदेशमा भित्रिएको सार्वजनिक गर्नुभएको हो ।

कर्णाली प्रदेश कृषि र पशुपालन क्षेत्रमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले डोल्पामा चौरी विकास फर्म दैलेखमा बाख्रा बिकास फर्म  सल्यानमा सुन्तला जात बाली विकास सुर्खेतमा प्रदेश रिफल  भेटनरी अस्पताल हुम्लाको बागबानी बिकास केन्द्रलाइ प्राङ्गारिक  कृषि  प्रविधि बिकास तथा प्रर्द्धन  केन्द्र सल्यानको कपुरकोट र सुर्अतको हर्रेमा विषादी अवशेष द्रुत विष्लेशन प्रयोगशाला स्थापना गरी कर्णालीको कृषि तथा पशुपालन क्षेत्रमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताइएको छ।

अहिले कर्णाली प्रदेशमा किसानलाइ कृषि र पशुपालनमा आकर्षण बढाउन उत्पादन पकेट क्षेत्र निर्धारण गरी प्रदेश सरकारले निति अबल्मबन गरेको मन्त्री शर्माले बताउदै प्रदेशभर ७सय ८८ वटा साना सिचाइ योजना निर्माणबाट १ हजार ५० हेक्टर क्षेत्रफल सिचाइ सुधार  तथा १सय १५ हेक्टर सिचाइ सुबिधा थप भएको उल्लेख   साना सिचाइ योजना मर्मतबाट १५ हजार २ सय २० जनालाइ २ महिना बराबरको अस्थायी रोजगारी सृजनाबाट १८ हजार ४ सय ५६ घरधुरी लावान्धित भएको बताउनु भयो।

आर्थिक बर्ष ०७९।०८०मा बाढीपहिरो बाट प्रभावित सिचाइ संरचाना निर्माण गर्न ६ करोड १३ लाख रकम विनियोजित गरी २सय १३ सिचाइ संरचना निर्माणबाट किसानको धान रोपाइ सहज भएको बताउदै आर्थिक बर्ष ०८०।०८१मा किसानलाइ सिचाइ सुविधादि ५सय ५ नयाँ सिचाइ योजना सम्झौता गरी निर्माण कार्य सुरुभएको बताउनु भयो।

हिउँदेफलफुल क्षेत्र बिकासका लागि  ४९ हजार ८ सय स्याउ २६ हजार ४ सय ३६ ओखर ८ हजार ९सय किविफल ६ सय ड्राइगनफल गरी जम्मा  ८५ हजार ७ सय ३६ विरुवा बितरण गरी २ सय १५ हेक्टर क्षेत्रफलमा फलफुल खेती बिस्तार भएको र ३हजार ५ सय  घरधुरी प्रत्यक्ष लावान्धित भइ २ सय ५० जनाले १५ दिन बराबरको प्रत्यक्ष रोजगारी र ३सय जना पुर्ण रुपमा स्वरोजगार भएको उल्लेख गर्नुभयो।

त्यस्तै ब्याज अनुदानमा ४ करोड ७१ लाख प्रदेश सरकारबाट लगानी हुदा ८७ करोड ६३ लाख पूजिँ कृषि क्षेत्रमा परिचालन भएको र १ हजार ३ सय ५७ ना कृषक प्रत्यक्ष सहभागी भएको र ८ सय ५० जना पुर्ण स्वरोजगार र ३ हजार ५ सय ७० जनालाइ ३ महिना बराबरको रोजगारी सृजना भएको छ।

लक्षितबर्ग बिशेष कार्यक्रमबाट ४ हजार ८ सय ३५ घरधुरी लवान्धित हुदा ९सय ४७ जना पुर्ण स्वरोजगार  भएको ४ हजार ९६ जनालाइ ४ महिना बराबरको रोजगारी सृजना भएको बताउदै मन्त्री शर्माले दुग्धप्रवर्द्धन कार्यक्रम मार्फतपहाडी जिल्लामा प्रतिलिटर रु ५ र हिमाली जिल्लामा रु १०का दरले रु १ करोड २७ लाख ४८ हजार प्रोत्साहान बाट २३ लाख ९२ हजार ९ सय ८८  लिटर दुध संगठित बजारमा पुगेको   र ३ हजार ५३ जनालाइ ५ महिना बराबरको रोजगार र ४ सय १२ जना पुर्ण स्वरोजगार भएका बताउनु भयो।

प्रदेश सरकारले पशुखोप तर्फ १५ लाख ७३ हजार ४ सय ६७ पशुपंन्छीलाइ प्रमुख संक्रामक रोग बिरुद्धको लगाएको छ भने यस बर्ष खोपअभियानलाइ  प्रदेश स्तरमामा माघ ९ गतेबाट किसानको गोठमा प्रदेश सरकार भन्ने उदेश्यका साथ खोप अभियान शुभारम्भ गरिएको बताउनु भयो।

त्यस्तै जग्गा हुनेको जग्गा बाँझो हुने र नहुनेले कृषि पेशा गर्न पाउने व्यवस्था  अनुरुप बाँझो जग्गा ब्यबस्थापन बाट प्रदेश सरकारले जग्गा भाडा लिइ कृषि पेशा गरीका ९७ जना किसानलाइ ५० प्रतिशत जग्गा भाडा उपलब्ध  गराइएको र भेडा पालक किसानलाइ ५० भेडा पालक किसानलाइ प्रोत्साहान बाफत ‌औषधी  उपचारमा रु ६९ लाख ३७ हजार  रकम ४ सय ४० जना किसानलाइ बितरण गरी भेडापालन ब्यबसाय प्रवर्द्धन भएको  बताउनु भयो।

प्रदेश सरकार मार्फत बेरोजगार १ सय कृषि प्राविधिक स्वरोजगार कार्यक्रममा सहभागी भएको ,पशु स्वास्थ्य  सेवा कार्यक्रमबाट १ लाख ८४ हजार ४ सय पशुपंछीहलाइ उपचार गरेको ,४ हजार २ सय ३२ गाइ भैसी बाख्रामा कृत्रिम गर्भाधान सुरु गरेको ,प्रदेशभर पलफुल तरकारी अदुवा दुध बाट २८ करोड  आमुदानी भएको  बताउनु भयो।

  • कृषि तथ्याङ्कलाइ एकरुपता दिन सुरुवात गरेको र तथ्यमा आधारित निति निर्माण गर्ने मन्त्री पदभार गर्दाको निर्णय भएको हुदा   मंसिर ७ गते देखि  सल्यानको कपुरकोट र सुर्खेतको हर्रेडाँडामा अस्थाइ तथ्याङ्क संकलन केन्द्र स्थापना बाट दुइ महिनामा २२ करोड २२ लाख ८८ हजारको कृषि उत्पादन निर्यात गरिएको बताउनु भयो।

त्यस्तै २७ वटा माटो  परिक्षण शिविर सञ्चालनबाट २ हजार १ सय ७८ नमुना परिक्षण गरिएको उल्लेख गर्नुभयो।

  • प्रदेश सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियावलीको पहिलो संशोधन गरि खाद्य परिषदमा कृषकको प्रतिनिधित्व सुनिश्चता गरेको  कर्णाली प्रदेश सरकारी नियामावली २०८० मन्त्री परिषदको बैठकबाट स्वीकृत भइ सहकारी क्षेत्र नियम गर्न सुरुभएको
  • कर्णाली प्रदेश कृषि ब्यवसाय प्रबर्धन नियमावली मस्यौदा तयार गरी स्वीकृतका लागि मन्त्री परिषदमा पेश गरिएको
  • तरल नाइट्रोजन उत्पादन कारखना स्थापनाको लागि डिपिआर तयार गरि खरिद प्रक्रिया सुरु गरिएको
  • हावाहुरी तथा बाढीबाट क्षति भएको वालीको क्षतिपुर्तिको लागि  रु ३ करोड २६ लाख ९३ नब्बे हजार १ सय ५२ रुपैया राहत ब्यबस्थापन गरिएको।
  • कर्णाली प्रदेशका व्यवसायिक फर्महरुले अवलम्बन गर्नुपर्ने गाइभैसी कल्याण सम्बन्धि मापदण्ड २०८० जारी गरि गाइभैसी संरक्षण र स्वस्थ उत्पादन कार्यलाइ नियमण तथा प्रवर्धन गर्ने कार्य थालनी भएकव
  • भूकम्पको कारण क्षति भएका किसानलाइ ३९ लाख  ७४ हजार ९ सय रुपयाँ राहत व्यवस्थापन गरेको
  • कर्णालीको रैथाले वाली प्रवर्द्धन तथा प्रशोधन गर्न मिल स्थापना गर्न खाद्य व्यवस्था तथा ब्यापार कम्पनी संग  सहमति
  • कृषि पशुपंछी तथा सहकारी व्यवस्थापन तथा विकासको लागि कर्मचारी र किसान गरी १ हजार ९ सय ४५ जनालाइ क्षमता अभिबृद्धि गरेको जसमा स्थानीय तहका कर्मचारी २४ जना लाइ तालिम प्रदान गरेको।
  • प्राङ्गारिक अदुवा बेसारमा प्रतिकेजी रु १० थप गरिएको र काउली बन्दामा न्युनतम समर्थन मुल्य सुरुवात गरिएको
  • हिउदे मकैको आयतलाइ प्रतिस्थापन गर्न गर्न सुर्खेतको बबइमा ३ हेक्टर क्षेत्रफल जग्गामा हिँउदे मकै वाली सुरुवात गरेको
  • कर्णाली प्रदेशमा कफी खेती बिस्तार तथा विकास गर्न राष्ट्रिय चिया तथा कफि विकास बोर्डको शाखा कार्यालय स्थापनाको तयारी
  • कर्णाली प्रदेशको हुम्ला जिल्लाको हिल्सा नाकामा कृषि तथा पशुपंछी क्वारेन्टाइन कार्यालय स्थपनाको लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अनुरोध
  • सुर्खेतको जामुकुइनेमा र हर्र तथा सल्यानको कपुरकोटमा कृषि तथा पशुपंछिको आन्तरिक क्वारेन्टाइन चेकपोष्ट स्थापनाको तयार गरिएको  बताउनु भयो।

 

 

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता